तामाखानी सञ्चालनमा ल्याउन नसक्दा अलपत्र

गलेश्वर– म्याग्दीका विभिन्न गाउँमा रहेका तामाखानी सञ्चालनमा ल्याउन नसक्दा अलपत्र अवस्थामा परेका छन् । म्याग्दीका विभिन्न १४ स्थानमा तामा, स्लेट, खरीलगायतका खानी, शिलाजित, अन्य बहुउपयोगी औषधि, वनस्पति उत्खनन, प्रशोधन र पहिचानको अभावमा खेर गइरहेका छन् । तीमध्ये म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ ठाडाखानी गाउँको शिरानमा रहेको विशाल तामाखानी पनि एक सय आठ वर्षदेखि अलपत्र अवस्थामा छ । […]