म्याग्दीको मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो ।    दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । ‘टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन गरेको छ,’ उनले भने, ‘थप अध्ययनका लागि उपकरणसहित टोली फेरि आउनेछ ।’ टोलीले मल्कवाङको ओखरबोट, हिलेखानी र खवाङस्थित तामाखानीको अध्ययन गरेको छ ।      बन्द तामाखानी हाल अलपत्र अवस्थामा छन् । मल्कवाङ नजिकै तामा उत्खनन गर्न खनिएका दर्जनौं सुरुङ संरक्षणको अभावमा बाढीले पुरिँदै छन् । सरकारले तामाखानीको संरक्षण, अनुसन्धान, व्यवस्थापन र उत्खननप्रति चासो देखाएपछि स्थानीयवासी उत्साहित छन् । स्थानीय लालबहादुर छन्त्याल आफ्नो समुदाय परम्परागत पेशामा पुनः फर्किने बताउँछन् । तामाखानी उत्खनन गरिए नयाँ पुस्तामा प्रविधि, ज्ञान र शीप हस्तान्तरण हुने उनको विश्वास छ । विगतमा मल्कवाङको खानीबाट उत्खनन् भएको तामालाई दलित समुदायले आरनमा प्रशोधन गरेर भाँडाकुँडा बनाई म्याग्दी, बागलुङ, पर्वत, कास्कीलगायत ठाउँमा लगेर विक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । धातुका सिक्का बनाउनसमेत तामा प्रयोग हुने गर्दथ्यो । तामाखानीको सम्भाव्यता अध्ययनसँगै उत्खननको वातावरण बन्नेमा स्थानीय अमर छन्त्याल ढुक्क छन् । गुर्जा, मच्छिम, कुइँनेमंगले र ओखरबोटमा समेत तामाखानी छ । खानी उत्खनन र सुरुङ खन्नका लागि आधुनिक उपकरण तथा प्राविधिको विकास, विद्युत् र सडक पूर्वाधारको पहुँच विस्तार भएकाले सजिलो हुने अपेक्षा गरिएको छ । तामाखानीको सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र जनप्रतिनिधिले पहल गरेका थिए । तामाखानी सञ्चालन गर्न सकेमा रोजगारी सृजना हुने वडाध्यक्ष छन्त्यालको भनाइ छ । रासस

सम्बन्धित सामग्री

चक्रपथमा ईबीआरटीको सम्भाव्यता अध्ययन गरिंदै

२२ माघ, काठमाडौं । लगानी बोर्ड नेपालले चक्रपथमा विद्युतीय बस र्‍यापिड ट्रान्जिट (ईबीआरटी) को सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । यसअघि पनि सम्भाव्यता अध्ययन अघि बढाए पनि प्राविधिक समस्या भएको भन्दै स्थगित भएको थियो । आइतबार बोर्डले पुनः सूचना जारी गर्दै ईबीआरटीको  निर्माण, सञ्चालन र व्यवस्थापनको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव आह्वान गरेको छ । […]

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

जुम्ला : जिल्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ। चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो। केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालिको टोली फर्किएको छ। आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरेको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए।धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्त्वपूर्ण गन्तव्य

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

जुम्ला, भदौ १७ । जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ। चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो। केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ। आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह […]

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

जुम्ला – जिल्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख […]

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

जुम्ला । जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख […]

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए । धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य हुन् । ती

लोमान्थाङमा गल्फका लागि सम्भाव्यता अध्ययन

चीनको सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका  लागि सम्भाव्यता अध्ययन गरिएको छ। गाउँपालिकाले समुद्री सतहदेखि चार हजार ६४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता सञ्चालन गर्न अध्ययन गरेको हो। गण्डकी...

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उनले भने,

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उनले भने,

फलाम खानीको सम्भाव्यता अध्ययन सुरु

दुई तरीकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने उनले बताए। इलेक्ट्रीकल रेसिस्टीभीटी र म्याग्नेटिक सर्भेबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने कँडेलले बताए।...