सुरु भयो जुम्लामा एमबीबीएसको पढाइ

जुम्ला, मंसिर २० । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएसं) को पठनपाठन आइतबारबाट सुरु भएको छ । यसै वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्साशास्त्रतर्फ एमबीबीएस अध्ययन गर्न स्वीकृति प्रदान गरेको थियो । पहिलो पटक एमबीबीएससहित बीफार्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको छ । आयोगले प्रतिष्ठानलाई एमबीबीएसमा अध्यापन […]

सम्बन्धित सामग्री

पढाइ मेलामा बाल प्रतिभा प्रस्फुटन

बालबालिकाको प्रतिभा पहिचानका लागि जुम्लामा पढाइ मेला सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबार जुम्लाको हिमा गाउँपालिकाले पालिकास्तरीय पढाइ मेला आयोजना गरेको हो ।

जुम्लामा डाक्टरी पढाइ सुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा सञ्चालन भइरहेको एमबीबीएसको औपचारिक उद्घाटन गरेकी छन् । आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले एमबीबीएसलगायत (बी फर्ममा, बीएनएस, बीएमएस, बीपीएचलगायतका कार्यक्रमको ताम्रापत्र अनावरण गर्दै शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी हुन् ।साथै राष्ट्रपति भण्डारीले प्रतिष्ठानमा निर्माण भइरहेको शैक्षिक तथा प्रशासनिक भवनको पनि शिलान्यास गरेकी छन् । कार्यक्रमलाई […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको पढाइ शुरु

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट एमबिबिएस अध्यापन सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस, बी फार्मा, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको आइतबार शुभारम्भ गरेकी छन्।शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी आइतबार बिहान ११ बजेर २० मिनटमा हेलिकोप्टरबाट जुम्ला आएकी हुन्।'राष्ट्रपति भण्डारीले प्रतिष्ठानको एमबिबिएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतको पहिलो

जुम्लामा एमबीबीएस पढाइ, राष्ट्रपतिले उद्घाटन गर्ने

जुम्ला : राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला आउने भएकी छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला आउन लागेकी हुन्।प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ। एमबीबीएस र प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेको उनले बताए।प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ। प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतक

कर्णालीमा पहिलाे पटक एमबिबीएस पढाइ सुरु

आजदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्यापन सुरु भएकाे छ। कर्णालीमा पहिलोपटक एमबिबीएसको पढाइ सुरु भएकाे हाे।

कर्णाली प्रतिष्ठानमा एमबीबीएस पढाइ

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएका छन् ।      निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सह–प्राध्यापक डा. निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरूप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा. थापाले बताए । ‘प्रतिष्ठानको बहुप्रतीक्षित एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बीएनस, बीएमएस, बीपीएच र बीफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार बाहिर आएको देखियो’, उनले भने, ‘प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’     यसका लागि चिकित्सा शिक्षा आयोगको कात्तिक २५ गतेको सूचनाअनुसार आउँदो मंसिर १९ गतेदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्ण तयार रहेको बताउँदै उनले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने स्पष्ट पारे ।       चार दिनअघि उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्योलमा पर्ने समाचार विभिन्न सञ्चार माध्यमले प्रकाशित गरेका थिए । सरकारले त्यसको एक दिन अर्थात् बिहीबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिस्ट्रारको जिम्मा दिएको थियो ।      नयाँ जिम्मेवारी पाएका निमित्त उपकुलपति डा. थापा र निमित्त रजिस्ट्रार शाही, नर्सिङ डिन सरस्वती गौतम, जनस्वास्थ्य डिन मुनिराज क्षेत्रीसहितका पदाधिकारीले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने  प्रस्टीकरण दिएका थिए । निमित्त उपकुलपति डा. थापाका अनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेका र पाँच सिट प्रक्रियामा छन् । एमबीबीएस २० सिटसहित अन्य ९० वटा सिटमा ६० सिट भर्ना भइसकेका छन् । रासस

कर्णाली प्रतिष्ठानमा एमबीबीएस पढाइ

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएका छन् । निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सह–प्राध्यापक डा. निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरूप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा. थापाले बताए । ‘प्रतिष्ठानको बहुप्रतीक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बीएनस, बीएमएस, बीपीएच र बीफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार बाहिर आएको देखियो’, भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’ रासस

सरकारी निर्णयले जुम्लामा एमबीबीएस पढाइ अन्योल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र उनको सिफारिसमा नियुक्त भएका पदाधिकारीलाई काममा रोक लगाएपछि जुम्लामा एमबीबीएसको पढाइ अन्योलमा परेको छ । पदाधिकारीलाई काममा रोक लगाइएपछि एमबीबीएस, बीएमएसलगायतका शैक्षिक कार्यक्रम अवरुद्ध हुने देखिएको छ ।

जुम्ला : पाठ्यपुस्तक नहुँदा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थी समस्यामा

काठमाण्डाै - जुम्लामा ब्रेल लिपिमार्फत पढ्ने पाठ्यपुस्तकको अभाव भएको छ ।   जुम्लाको सिञ्जा गाउँपालिकाको श्री भैरव माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थीका लागि  पाठ्यपुस्तकको अभाव भएको हो  । कात्तिक पहिलो हप्ता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिनुभयो ।  अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को पुस्तक नआएकाले पढाइ प्रभावित भएको शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले कक्षा ११ को आइनपुगेको र कक्...

होला त जुम्लामा एमडीजीपी को पढाइ?

काठमाडौं : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी इन जनरल प्राक्टिस (एमडीजीपी ) को पढाइ सञ्चालन गर्ने काम अगाडि बढेको छ। हाल प्रतिष्ठानमा उच्च शिक्षातर्फ स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ब्याचलर मिडवाफ्री, ब्याचलर पब्लिक हेल्थ पढाई भइरहेको भए पनि चिकित्सा विज्ञान तर्फको एमडी इन जनरल प्राक्टिस पढाइ हुन सकेको...