कर्णाली प्रतिष्ठानमा एमबीबीएस पढाइ

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएका छन् । निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सह–प्राध्यापक डा. निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरूप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा. थापाले बताए । ‘प्रतिष्ठानको बहुप्रतीक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बीएनस, बीएमएस, बीपीएच र बीफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार बाहिर आएको देखियो’, भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’ रासस

सम्बन्धित सामग्री

एमबीबीएस पढ्न जुम्ला

कर्णाली प्रदेशको जुम्लामा यतिखेर बेग्लै चहलपहल छ । यहाँ देशका कुनाकाप्चाबाट तन्नेरी आउन थालेका छन्, डाक्टर बन्ने सपना बोकेर । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने भएपछि विद्यार्थी यहाँ आएका हुन् ।

कर्णाली प्रतिष्ठानमा एमबीबीएस पढाइ

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएका छन् ।      निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सह–प्राध्यापक डा. निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरूप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा. थापाले बताए । ‘प्रतिष्ठानको बहुप्रतीक्षित एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बीएनस, बीएमएस, बीपीएच र बीफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार बाहिर आएको देखियो’, उनले भने, ‘प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’     यसका लागि चिकित्सा शिक्षा आयोगको कात्तिक २५ गतेको सूचनाअनुसार आउँदो मंसिर १९ गतेदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्ण तयार रहेको बताउँदै उनले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने स्पष्ट पारे ।       चार दिनअघि उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्योलमा पर्ने समाचार विभिन्न सञ्चार माध्यमले प्रकाशित गरेका थिए । सरकारले त्यसको एक दिन अर्थात् बिहीबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिस्ट्रारको जिम्मा दिएको थियो ।      नयाँ जिम्मेवारी पाएका निमित्त उपकुलपति डा. थापा र निमित्त रजिस्ट्रार शाही, नर्सिङ डिन सरस्वती गौतम, जनस्वास्थ्य डिन मुनिराज क्षेत्रीसहितका पदाधिकारीले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने  प्रस्टीकरण दिएका थिए । निमित्त उपकुलपति डा. थापाका अनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेका र पाँच सिट प्रक्रियामा छन् । एमबीबीएस २० सिटसहित अन्य ९० वटा सिटमा ६० सिट भर्ना भइसकेका छन् । रासस

डा. केसीद्वारा सत्याग्रहको चेतावनी

चिकित्सा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमडीजीपीको पढाइ तथा शीघ्र एमबीबीएस लगायतका कार्यक्रमको पठनपाठन सुरु गर्न माग गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले आफूसँग भएको सम्झौताबमोजिम सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम गम्भीरताका साथ लाग्न समेत माग गरेका हुन् ।