सरकारी निर्णयले जुम्लामा एमबीबीएस पढाइ अन्योल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र उनको सिफारिसमा नियुक्त भएका पदाधिकारीलाई काममा रोक लगाएपछि जुम्लामा एमबीबीएसको पढाइ अन्योलमा परेको छ । पदाधिकारीलाई काममा रोक लगाइएपछि एमबीबीएस, बीएमएसलगायतका शैक्षिक कार्यक्रम अवरुद्ध हुने देखिएको छ ।