काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमणका क्रममा उनले कतिपय उठाउनैपर्ने सीमालगायतका विषय नउठाएर ‘कम्फर्टेबल’ हुन खोजेको तर ‘प्याट्रिओटिक’ नभएको बताएका छन्। उनले प्रधानमन्त्रीको चारदिने भ्रमणका समग्र रुपमा १५ वटा राँगो ल्याउनुबाहेक अन्य उपलब्धि केही पनि नभएको बताए। ‘भारतले नेपालको जमिन मिचेको छ, अनि प्रधानमन्त्रीज्यू, तपाईँ यसबारे […]