‘अहिले दुर्गालाल छैन यो हातमा ।’ कवि दुर्गालाल श्रेष्ठले आफ्नो कवितासंग्रह ‘हस्ताक्षर’ मलाई उपहार दिने भए । मैले भनेँ, ‘यहाँको हस्ताक्षरसहित !’पुस्तकको दुई ‘फ्लाइलिफ’ (खाली पाना) पल्टाएर उनी ‘टाइटल पेज’मा पुगे, हस्ताक्षर गर्न उनलाई केही हम्मे भयो, हात काम्दै थियो, उनले भने– ‘अहिले दुर्गालाल छैन यो हातमा ।’सन् २०१६ मा प्रकाशित हस्ताक्षरमा दुर्गाकै हातले कोरेका नेपाली भाषाका २५ र नेपालभाषाका ७० कविता छन् । नेपाली भा