विरोध सभाअघि प्रचण्ड-नेपाल समूहको मार्चपास - Purbeli News

काठमाडौं / नेकपा प्रचण्ड-नेपालले बुधबार गर्ने विरोध सभाअघि स्वयंसेवकले मार्चपास गरेका छन् । प्रदर्शनीमार्गस्थित वाल्मिकि क्याम्पसबाट सुरू भएकाे स्वयंसेवकको मार्चपास पुतलीसडक बागबजार- पुतलीसडक- कमलादी-रत्नपार्क हुँदै वाल्मिकिमै आएर सकिने छ । बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्। उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको...

सम्बन्धित सामग्री

सुरक्षाकर्मीद्वारा मार्चपास

काठमाडौँ,३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा मार्चपास प्रस्तुत गर्दै सुरक्षाकर्मी । तस्बिर : रत्न श्रेष्ठ/रासस

न्यायका लागि सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौं, मंसिर ९ । न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानून व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि कानून व्यवसायीसँगै पेसागत सङ्गठनहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् । प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाएको बारले बिहीबार अन्य पेसागत संगठनको सहयोग लिएर मार्चपास गरेको हो । बालुवाटार न्याय मार्च […]

सर्वोच्च अदालतबाट सुरुभएको मार्चपास वालुवाटार पुग्याे

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतबाट सुरुभएको मार्चपास वालुवाटार पुगेको छ। प्रधानमन्त्री निवास नजिकै पुगेको मार्चपासलाई प्रहरीले रोकेको छ। प्रहरीले अगाडि बढ्न नदिएपछि मार्चपास सडकमै कोण सभामा...

आज प्रधानन्यायाधीश जबराविरुद्ध बारको मार्चपास

काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आज नेपाल बार एसोसिएसनले मार्चपास गर्ने भएको छ । लामो समयदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म दिउँसो २ बजे मार्चपास गर्ने भएको हो । बारको आजको आन्दोलनमा नेपाल पत्रकार महासंघ लगायत पेसाकर्मीहरुले साथ दिने भएका छन् ।

आज सर्वोच्चदेखि बालुवाटारसम्म नेपाल बारले मार्चपास गर्ने

काठमाडौँ । नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारले जनाएको छ । नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी, साथीहरूले संयुक्त रूपमा मार्चपासमा गर्ने बताइएको छ । प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको आरोपमा अब बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न […]

बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।बारले मंसिर ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको हो । मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा दिएको धर्नामा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत संलग्न रहने जानकारी दिए । […]

जबराविरुद्ध पापडले बुधबार मार्चपास गर्ने

शान्ती र लोकतन्त्रका लागि पेशागत महासंघ (पापड)ले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ। नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल...

बृहत नागरिक आन्दोलनले आज मार्चपास गर्दै

काठमाडौं। शिक्षा र स्वास्थ्य क्षेत्रको बेथितिकोविरुद्ध आन्दोलन गर्दै आएको बृहत नागरिक आन्दोलनले आज मार्चपास गर्ने भएको छ। विपी प्रतिष्ठान बचाउ र बदलका लागि खबरदारीका लागि मार्चपास र सभा गर्न लागिएको आन्दोलनले जनाएकोछ। मार्चपास आज ४बजे माइतीघरबाट बानेश्वरसम्म हुनेछ। मार्चपछि सभाको आयोजना हुने जनाइएको छ। वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अनियमिता, भ्रष्टाचार भएको भन्दै आन्दोलनले राजधानीमा प्रदर्शन गर्दै आएको छ।

प्रजातन्त्र दिवसमा मार्चपास

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली मार्चपास गर्दै । तस्वीर, रासस ।

महेश बस्नेतको नेतृत्वमा ओली पक्षधरको आमसभाका स्वयंसेवकको मार्चपास

महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गर्न लागेको छ। काठमाडौं र भक्तपुरका १० स्थानबाट तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गर्न लागेका हुन्।