प्रजातन्त्र दिवसमा मार्चपास

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली मार्चपास गर्दै । तस्वीर, रासस ।

सम्बन्धित सामग्री

हरायो प्रजातन्त्रको उत्साह : सैनिक मञ्चको कार्यक्रममा सहभागी भएनन् विशिष्टहरू

काठमाडौं । शनिवार सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाइयो । सैनिकले देखाउने विभिन्न खेल कौशल हेर्न हजारौ सर्वसधारणको भीडले सडक नै अवरुद्ध भएका थिए । सैनिक मञ्चमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उपस्थित हुनुहुन्थ्यो । अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिले सेना दिवस भव्यरुपमा मानइयो । आइतवार त्यहि सैनिक मञ्चमा प्रजातन्त्र दिवस मनाइयो । तर, प्रजातन्त्र दिवसमा भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बाहेक अरू धेरै विशिष्ट व्यक्तिहरू सहभागी नै भएनन् । सरकारले विगतमा प्रजातन्त्र  दिवसमा सार्वजनिक बिदा दिने गरेको भएपनि गणतन्त्र आएपछि भने यो बिदालाई कटौति गरिएको थियो । कुनै सरकारलाई मन लागेपछि बिदा दिने र फेरि कटौति गर्ने गरेपछि यो दिवसको उत्साह नै हराएको छ । पूर्व प्रधानमन्त्री मध्येबाट बाबुराम भट्टराई मात्रै प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी थिए । उनी पनि दर्शक दिर्घामै बसेका थिए । दर्शक दिर्घामा बसिरहेका भटराईलाई पछि विशिष्ट अतिथि बस्ने मञ्चमा बोलाइएको थियो । विगतमा विभिन्न झाँकी सहित उपत्यकाका धेरै नगरपालिकाहरू सैनिक मञ्चमा आयोजना हुने प्रजातन्त्र दिवसमा सहभागी हुन्थे । तर, यो वर्ष त बुढानिलकण्ठ नगरपालिका बाहेक कुनै पनि नगरले प्रजातन्त्र दिवसमा झाँकी निकालेनन् । एउटा मात्रै नगरको झाँकी आएपछि उनीहरूले पनि मञ्चमा प्रस्तुती दिन पाएनन् । काठमाडौं महानगरका मेयर त प्रजातन्त्र दिवसमा सहभागी नै भएनन् । कार्यक्रममा सेना, प्रहरी र सशस्त्र प्रहरीको एक एक टुकुडीले मार्चपास गरेका थिए । सबै तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

बार दिवसमा सर्वोच्चदेखि बानेश्वरसम्म कानुन व्यावसायीको मार्चपास

नेपाल बार एसोसिएसनले आफ्नो स्थापना दिवस प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सुरु गरेको बिरोध कार्यक्रममै सीमित हुने भएको छ। बारले आफ्नो स्थापना दिवसमा अन्य औपचारीक कार्यक्रम नगरी सर्वोच्च परिसरमा जारी...

७ फोटोमा हेर्नुस् सैनिक दिवसमा आतिसबाजी :: Pahilopost.com

काठमाडौ : सैनिक दिवसको अवसरमा मंगलवार साँझ टुडिखेलस्थित सेनिक मञ्चमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। जसमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायत विविध कार्यक्रम गरियो। सो अवसरमा नेपालको नेपाली सैनिक ब्याण्ड, भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले आ–आफ्ना ब्याण्ड