आज प्रधानन्यायाधीश जबराविरुद्ध बारको मार्चपास

काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आज नेपाल बार एसोसिएसनले मार्चपास गर्ने भएको छ । लामो समयदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म दिउँसो २ बजे मार्चपास गर्ने भएको हो । बारको आजको आन्दोलनमा नेपाल पत्रकार महासंघ लगायत पेसाकर्मीहरुले साथ दिने भएका छन् ।

सम्बन्धित सामग्री

न्याय मार्च : अदालतलाई 'इन्साफ'खोज्दै नाटक मञ्चन

काठमाडौं : नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास निकालेको छ। नागरिक समाजसहित विभिन्न संघसंस्थाको सहभागितामा 'न्याय मार्च' निकालिएको हो। प्रहरीले बालुवाटारसम्म जान नदिएपछि बारको प्रदर्शन भाटभटेनी नजिकै पिपलबोटमा रोकिएको थियो। त्यही नै बारका पदाधिकारीहरुले मार्चपासलाई सम्बोधन गरेका थिए। त्यसक्रममा रंगकर्मीहरुले अदालतमा…

सर्वोच्चदेखि बाटुवाटारसम्म बारको मार्चपास

नेपाल बार एशोसिएसनले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको छ । बिहीबार दिउँसो प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारको नेतृत्व कानुन व्यवसायी तथा विभिन्न संघसंस्थाले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेका थिए ।

सर्वोच्चदेखि बालुवाटारसम्म बारको मार्चपास सुरु

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनकाे नेतृत्‍वमा सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास सुरु भएकाे छ । दिउँसो साढे २ बजेदेखि सर्वोच्चदेखि मार्चपास सुरु भएकाे हाे ।   आन्दोलनरत बारका साथै अन्य पेशागत संघ संस्थाले बालुवाटारसम्म ‘न्याय मार्चपास’ …

रातोपाटी ब्रिफिङ : बारको मार्चपासको तयारी, माटो बटुल्दै सिके राउत

आज २०७८ मंसिर ७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–१. बारको मार्चपास, संवैधानिक इजलास अन्योलमानेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।  मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार (९) गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । धर

बारको मार्चपासमा पापडको समर्थन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड) ले बिहीबार मार्चपास गर्ने भएको छ । पापडले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको हो । यसबारे जानकारी दिन मंगलबार पापडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीश नियुक्तिको प्रणाली […]