साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।
ब्राजिलले पेरुमाथि संघर्षपूर्ण १–० को जित निकाल्दै कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।
रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।
जुलाई १० मा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइनल भोलि विहान हुनेछ । ब्राजिल अघिल्लो संस्करणको विजेता टोली हो ।