४० मिनेको सर्किट ब्रेकपछि खुल्यो नेप्से

नेगेटिभ सर्किट लागेपछि ४० मिनेटका लागि दोस्रो बजारमा हुने सम्पूर्ण कारोबारहरू रोक्का भएका थिए । ४० मिनेट सकिएसँगै १ बजेर ४१ मिनेटबाट पुन: कारोबार सुरु भएको हो ।

सम्बन्धित सामग्री

शेयर बजार : कहिले सर्किट ब्रेक कहिले ओरालो

नेपालको शेयर बजार कहिले सर्किट ब्रेक हुने गरी उकासिन्छ भने कहिले उच्च अंकले ओरालो लाग्छ । साताको पहिलो दिन आज आइतबार पनि त्यस्तै भयो । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा …

सामान्य घट्यो नेप्से, कारोबार रकममा सुधार

झिनो अंकले सेयर बजारमा गिरावट आएको छ । मंगलबार नाटकीय ढंगले सर्किट ब्रेक लाग्दै छोटो समयमै बजार बन्द हुन पुगेको थियो । बुधबार भने नेप्से सूचक ४ दशमलव २३ अंकले घटेर दुई...

नेप्सेमा सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार स्थगित

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्किट ब्रेक लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट ब्रेक लागेको हो । १२ बजेर ३८ मिनेटमा नेप्से सूचक ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक २३९५.९३ को बिन्दुमा पुगेको छ । हालसम्म २१८ कम्पनीका ३२ लाख ६४ हजार ३ सय ५८ कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ४५ करोड ६० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार बह्येको छ । सूचक ५ प्रतिशतले बढे संगै ४० मिनेटको लागि कारोबार स्थगित भएको छ । हालको सर्किट ब्रेकको नियम अनुसार  पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ । त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ । र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ ।

शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

२० भदौ, काठमाडौं । साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर  ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ […]

५ प्रतिशत घटेपछि सेयर बजारमा लाग्यो 'सर्किट ब्रेक'

सेयर बजारमा सर्किट ब्रेकर लागेको छ। बजारको परिसूचक नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको हो।

यी ५ कम्पनी, नेप्से घट्दा पनि जसको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट ब्रेक

सोमवार नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।  सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।  ...

माथिल्लो तामाकोशीको सेयरमा ‘सर्किट ब्रेक’

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ अंकले घटेको दिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य भने बढेको छ। आज तामाकोशीको सेयर मूल्यमा आएको १० प्रतिशतको वृद्धिसँगै ‘सकरात्मक सर्किट’ नै लागेको छ। आज एकै दिन कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६७ रुपैयाँ बढेर ७४५ रुपैयाँ पुगेको छ। यसबाहेक अन्य कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएन्।

दुई कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाडौं। सेयर बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।