डडेल्धुरा : गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएको नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएपछि आफ्नो नाम सच्याउन निवेदन दिने काम सुरु भएको छ।दैलेखका कविराम कामीले आफ्नो नागरिकतामा रहेको 'कुकुर कामी' नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।कामीले आफ्नो नाम कविराम कामी रहेको तर, ०४६ मा गाउँमा नागरिकता बनाउने क्रममा प्रधानपञ्चले आफ्नो नाम कुकुर सिफारिस भएको बताए।प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पुर्याएर नयाँ नागरिकता