बिहारको एक गाउँ : जहाँ हिन्दु र मुस्लिम सबैको हुन्छ एकै थर

भारतको बिहारमा एउटा यस्तो गाउँ छ, जहाँ हिन्दु र मुस्लिम सबैले एउटै थर राख्ने गर्छन् । विहारको नलान्दा जिल्लास्थित मोहिउद्दीनपुर गिलानी गाँउका मानिस तिनको नामपछाडि गिलानी लेख्ने गर्छन् । विशेषत मुस्लिम थरका रुपमा परिचित गिलानी थर गाउँका हिन्दूहरुले पनि राख्छन् । शताब्दीयौंदेखि चलिआएको प्रचलनलाई मानिसहरूले अझै पालाना गरिरहेका छन् । उनीहरु कुन गाउँका हुन् भन्ने उनीहरुको नामको पछाडिको थरबाटै थाहा हुन्छ । नालान्दाकै अन्य ६ गाँउका बासिन्दाले पनि तिनको गाउँको नाम थरका रुपमा प्रयोग गर्ने गर्छन