जनकपुर, ६ माघ: धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोल नजिकै पूर्व-पश्चिम लोकमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव […]