जनकपुरधाम : धनुषामा काकीको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा विदेह नपा- ७ वेलापट्टी बस्ने २० वर्षीय दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।सोमबार साँझ श्रीराम साहकी ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागी मृत्यु भएको र उनको १४ महिनाको छोरा घाइते भएको प्रहरीमा खबर गएको थियो।मृतकका श्रीमान् श्रीरामले शुरुमा करेन्ट लागेर कविताको मृत्यु भएको भने पनि प्रहरीले घटना शंकास्पद देखेपछि प्रारम्भिक अनुसन्धानको क्रममा हत्या भएको