धनुषा - धनुषामा एक जना महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो।
गएराति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरधामकाे काव्या अस्पतालमा लगिएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएकाे हाे ।...