कास्की – राष्ट्रिय सभा चुनाव अन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बुधवार भएकाे मतदानमा कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र माओवादीकै भुवनबहादुर सुनार विजयी भएका हुन् ।
पन्तले खुलामा स्थानीय तहमार्फत १ हजार ६ सय ९२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहमार्फत १ हजार ३ सय ३२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे ।
यस्तै अन्य...