राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा पनि गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा गण्डकीबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा गठबन्धनका उम्मेदवार निर्वाचित

लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ मत ल्याएर विजयी निर्वाचित भएका हुन् ।