गण्डकीमा सुरेशकुमार आलेमगर, कमला पन्त र भुवनबहादुर सुनार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको मतदानपछि साँझ सम्पन्न मतगणनामा गठबन्धनका उम्मेदवार तीनै पदमा विजयी भएका हुन् । सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका सुरेशकुमार आलेमगर तीन हजार ९६ मत प्राप्त गरी …