डडेल्धुरा : नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत डडेल्धुरामा नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि चुनाव हुने भएको छ। शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो।तर, शनिबार दिनभर सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेन। वर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन)ले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।यसैगरी, एक उपाध्यक्ष पदका लागि ४ जनाको उमेदवारी परेको छ। उपाध्यक्षमा केशव बोहरा, खडकबहादुर बोहरा, धनबहादुर धामी (विवे