भक्तपुरका एक सय ५८ स्काउटले कोभिड–१९ सेवा पदक पाएका छन् । नेपाल स्काउट बागमती प्रदेश स्काउट अन्तर्गत भक्तपुरका चारवटै स्थानीय स्काउट कार्यालयको आयोजनामा कोभिड–१९ नियन्त्रणमा स्वयंसेवी रुपमा सहभागी भएका भक्तपुरका स्काउट, स्काउट एवं रोभर रेन्जरहरू नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड–१९ सेवा पदक घोषणा गरी वितरण गरिएको हो । नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका संयोजक शिवराम अर्यालले सेवा पदक वितरण गरेका हुन् । कार्यक्रममा भक्तपुर जिल्लाभरिका स्काउट, स्काउट