काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला गलत भएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकलाई बानेश्वरको बुद्धनगरमा सम्बोधन गर्दै नेपालले अर्को पार्टीमा मिसिन लागेको भन्ने हल्ला झुटो भएको स्पष्ट पारेका हुन्।
'हाम्रो पार्टी अर्को पार्टीसँग मिसिन गएको छ भन्ने हजार प्रतिशत गलत छ।…