तलब र पेन्सन बाहेकको भूक्तानी रोक्का

कर्मचारीको तलब र पेन्सन बाहेकका शीर्षकमा बजेट भूक्तानी रोक्का भएको छ । बजेट अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक संसदमा पेश गर्नुअघि नै बिहिबार महालेखा नियन्त्रकको कार्यालयले सरकारी कर्मचारीको तलब र पेन्सन बाहेकका शीर्षकमा बजेट भुक्तानी रोक्न निर्देशन दिएको हो ।महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा ईकाई कार्यालयलाई परिपत्र गर्दै बजेट भुक्तानी रोक्न निर्देशन दिएको हो ।‘चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट रकम निकासा सम्बन्धमा तलब भत्ता र निवृत्तभरण बाहेक कुनै पनि निकासा बिहीबार देखि शनीबारसम्म नगर्न नगराउन हुन सँगै यो अवधिमा निकासा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने निकासा गर्ने अधिकारी नै जिम्मेवार हुनेछ’ महालेखाले परिपत्रमा भनेको छ ।सरकारले प्रतिस्थापन विधेयक शुक्रबार संसदमा पेश गर्दैछ । 

सम्बन्धित सामग्री

सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन…

काठमाडौं । सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन लाहुरे सिपाही दाइ भन्दै रुसी सेनामा भर्ती भएका स्याङ्जाका हरिप्रसाद अर्यालको मृत्यु भयो । अक्टोबर १५ मा फेसबुक स्टाटस लेख्दै यसरी हाँस्नुस् कि जिन्दगी फर्केर आओस् । मरुभूमिमा पनि पानी फर्केर आओस् । मनमा खुसी कहिल्यै छैन, केही त गर्नैपर्छ कि हाँसो फर्केर आओस् भनेर […] The post सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतमा केन्द्र सरकारले पेन्सन सम्बन्धी बनाएको ऐनको विरोध

काठमाडौँ– भारतमा केन्द्र सरकारले कर्मचारीको पेन्सन रोक्ने वा रद्द गर्ने सबै अधिकार आफैँले लिएको छ।  केन्द्र सरकारले पेन्सन सम्बन्धी सन् १९५८ को ऐन संशोधन गर्दै पेन्सन रोक्ने वा रद्द गर्ने अधिकार आफैँले लिएको हो । भारतमा आईएएस, आईपीएस र आईएफएस सेवा छ । यी सेवामा तलब सुविधा र पेन्सनका कारण आकर्षण छ । यी सेवामा […]

भारतमा केन्द्र सरकारले पेन्सन रोक्न पाउने नयाँ कानुनको विरोध

२८ साउन, काठमाडौं । भारतमा केन्द्र सरकारले कर्मचारीको पेन्सन रोक्ने वा रद्ध गर्ने सबै अधिकार आफैंले लिएको छ । केन्द्र सरकारले पेन्सन सम्बन्धी सन् १९५८ को ऐन संशोधन गर्दै पेन्सन रोक्ने वा रद्ध गर्ने अधिकार आफैंले लिएको हो । भारतमा आईएएस, आईपीएस र आईएफएस सेवा छ । यी सेवामा तलब सुविधा र पेन्सनका कारण आकर्षण […]

बजेट अभावको कारण २२ हजार पूर्वशिक्षकले पाएनन् पेन्सन

१० वैशाख, काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार  पूर्वशिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ । निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए । सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब […]

पेन्सन खुवाउन पनि नसक्ने अवस्थामा त्रिभुवन विश्वविद्यालय

काठमाडौं : सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ। बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन खुवाउन सकेको छैन। विश्वविद्यालय अलुम्नाई एसोसिएसनको चौथो राष्ट्रिय सम्मेलनमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले पेन्सन खुवाउन नसकेको बताए।विश्वविद्यालयले १० अर्ब तलब र भत्ता तथा चार अर्ब पेन्सनमा खर्च गर्दै आएको उनले जानकारी दिए। गत आर्थिक वर्षमा रू २८ अर्ब बजेट विश्वविद्

ताला खोल्न त्रिविको आग्रह : शिक्षकहरूकाे तलब र प्रशासनिक काम रोकियो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न विद्यार्थी संगठनहरूले गरेको तालाबन्दी खोल्न आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै तालाबन्दीले गर्दा आर्थिक तथा प्रशासनिक काम रोकिएको भन्दै त्रिविले ताला खोल्न आग्रह गरेको हो।त्रिविले दशैँ तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा शिक्षक तथा कर्मचारीहरुलाई तलब दिन नसकिएको जनाएको छ। त्रिविका अनुसार शिक्षक  कर्मचारीहरुको २०७९ असार महिनाबाट तलब, पेन्सन पाएका छैनन्।‘त्रिवि केन्द्रीय कार्यालय लगायतका निकायहरुमा लगाइएका तालाहरु यथाशीघ्र खो

नैतिकता भुलेर दोहोरो सुविधा लिँदै जनप्रतिनिधि, पेन्सन र तलब दुवै एक साथ

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर खड्का नेपाल सरकारका पेन्सन होल्डर हुन् । उनले नेपाल प्रहरीमा २७ वर्ष जागिर खाए  । गत स्थानीय तहको चुनावमा टिकट पाउने भएपछि हतारहतार राजीनामा दिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी निर्वाचित पनि भए । राज्यको कर्मचारी हुँदा सेवा गरेबापत सेवाबाट निवृत्तिभरण (पेन्सन) लिने गरेका खड्काले जनताको सेवा गर्छु भनेर वाचा गरे पनि वडाध्यक्षका रूपमा पारिश्रमिक पनि लिइरहेका छन् । तर, उनले मासिक पारिश्रमिक नलिएको झूटो दाबी गर्ने गरेका छन् । कार्यपालिक...

सरकारी तलब कहिले ?

काठमाडौं, ३१ भाद्र । संशोधित बजेट सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण भई राजपत्रमा प्रकाशित हुन कति दिन लाग्ने हो ? सरकारी तलब र पेन्सन थाप्नेलाई यसले चिन्तित बनाएको छ । सरकारसँग रकम लिनुपर्नेहरु पनि चिन्तामा परेका छन् । दशैं नजिकिदै गएको छ । तर, कर्मचारीहरुले भाद्र महिनाको तलब कहिले पाउने हुन् अनिश्चित बनेको छ । […]

भारतमा कर्मचारीको तलब वृद्धि भएसँगै नेपालमा रेमिटेन्स बढ्ने

काठमाडौं, ३० असार । भारतमा कर्मचारीको तलब वृद्धि भएको छ । सरकारी निकायमा कार्यरत कर्मचारीहरुको तलब र पेन्सन १७ देखि १८ प्रतिशतले वृद्धि भएको हो । भारतका केन्द्रीयमन्त्री अनुराग ठाकुरले तलब वृद्धिको घोषणा गरेका हुन् । जुलाई १ देखि तलब वृद्धि लागू हुने जनाइएको छ । तलब वृद्धिले भारतमा ४८ लाख ३४ हजार सरकारी कर्मचारी […]