नैतिकता भुलेर दोहोरो सुविधा लिँदै जनप्रतिनिधि, पेन्सन र तलब दुवै एक साथ

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर खड्का नेपाल सरकारका पेन्सन होल्डर हुन् । उनले नेपाल प्रहरीमा २७ वर्ष जागिर खाए  । गत स्थानीय तहको चुनावमा टिकट पाउने भएपछि हतारहतार राजीनामा दिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी निर्वाचित पनि भए । राज्यको कर्मचारी हुँदा सेवा गरेबापत सेवाबाट निवृत्तिभरण (पेन्सन) लिने गरेका खड्काले जनताको सेवा गर्छु भनेर वाचा गरे पनि वडाध्यक्षका रूपमा पारिश्रमिक पनि लिइरहेका छन् । तर, उनले मासिक पारिश्रमिक नलिएको झूटो दाबी गर्ने गरेका छन् । कार्यपालिक...