नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा पुनः डा. महावीर पुन नियुक्त भएका छन् । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुन नियुक्त भएका थिए । उनीसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि उनलाई पुनः एम्बेस्डर नियुक्त गरिएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. पुनबीच उक्त ब्राण्ड एम्बेस्डर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।उक्त कार्यक्रममा एम्बेस्डरमा नियुक्त भएका डा. पुन