महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई ‘भवन कीर्ति रत्न’ पुरस्कार

काठमाडौं : गैरआवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरूप गैरआवासीय नेपाली संघ तथा बीबी फाउण्डेशनद्वारा संयुक्तरूपमा अक्षरेपी एक करोड रुपैयाँको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।फाउण्डेशनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले शनि