लण्डन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बेलायत आइपुगेका छन् । शुक्रबार बिहान लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका पुनलाई स्वागत गर्न राष्ट्रिय आविष्कार केन्द्र युरोप संयोजक हरिकृष्ण न्यौपाने, समाजसेवी बलबहादुर राई तथा श्रीमती बर्ता राई विमानस्थल पुगेका थिए ।अप्रिल २६ देखि युरोप भ्रमण गरी मे २५ मा फेरि बेलायत फर्किने पुनको योजना छ । जुन पहिलो साता पुन नेपाल फर्किने योजनामा छन् । युरोप भ्रमणमा क्रममा लण्डन आएका पुनले आविष्कार केन्द्रका विगत तथा वर्तमान आर्थिक-सामाजिक गतिविध