प्रदेश २ : जसपा र माओवादीको प्रस्ताव- नाम मधेस, राजधानी जनकपुर

प्रदेशको नाम मधेस र राजधानी जनकपुरका लागि दुवै दलले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

प्रदेश २ को नामाकरण : दलहरू ‘मधेस प्रदेश’मा सहमति नजिक

प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा एमाले, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी प्रदेशको राजधानीको विषयमा एकमत रहे पनि नामाकरणको विषयमा फरक(फरक प्रस्ताव दर्ता गराएका थिए ।प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठन भएको विशेष समितिले दलहरूसँग सघन छलफल सुरु गरेपछि सकारात्मक नति

प्रदेश २ को नामकरणका लागि सहमति जुटाउने कसरतमा जसपा

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामकरण तथा राजधानी तोक्ने विषयमा विभिन्न दलसँग छलफल सुरु गरेको छ । जसपाका प्रदेश सभासद्हरूले आजै प्रदेश २ माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूसँग भेटेर छलफल गरेका हुन् ।जसपाले प्रदेशको नाम मधेस र राजधानी जनकपुर रहनुपर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसदहरू सकारात्मक रहेको जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले बता

दलीय खिचातानीका कारण प्रदेश २ ले नाम र राजधानी पाउन सकेन

जनकपुरधाम – दलीय खिचातानी र आन्तरिक मतभेदका कारण प्रदेश २ ले नाम र राजधानी पाउन सकेको छैन । सरकार बनेको पाँच वर्ष बित्न लाग्दा पनि प्रदेश २ ले नाम र राजधानी पाउन नसकेको हो । आफूलाई संघीयताको जननि र मधेस केन्द्रित दल दाबी गर्ने जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रदेशमा सरकार बनाउन सफल भए पनि प्रदेश सभामा बह…

प्रदेश २ मा मन्त्री तथा प्रदेश कमिटी हेरफेरका लागि जसपाका शीर्ष नेताहरु जनकपुरमा

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरु प्रदेश २ को अस्थायी राजधानी जनकपुर पुगेका छन् । अध्यक्ष यादवसहित जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव, कार्यकारिणी सदस्य राजकिशोर यादवलगायतका नेताहरु सम्मिलित बैठक जनकपुरमा बसिरहेको छ ।तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि बनेको जसपाले प्रदेश समिति समायोजन गर्दा कात्तिक १५ गतेसम्मका लागि तदर्थ समिति बनाएको

जनकपुरमा जसपा कार्यकर्ताद्वारा अख्तियारविरुद्ध नाराबाजी

१६ असोज, जनकपुरधाम । मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) का युवाहरुले शनिबार साँझ प्रदेश २ का जिल्लामा मसाल जुलुस गरेका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसहित अन्य जिल्लाका सदरमुकामहरुमा पार्टी निकट विद्यार्थी तथा युवाहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । मसाल प्रदर्शन गर्ने क्रममा उनीहरुले […]

के होला, प्रदेश नम्बर २ को नाम?

जनकपुर। प्रदेश २ को नाम र राजधानी तोक्नको लागि प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभामा नामका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन्। जसपा र माओबादी केन्द्रले मधेश प्रदेश, एमालेले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सांसद राजेश्वरप्रसाद शाहको मध्य-मधेश प्रदेश र जनक प्रदेश नाम दर्ता भएका छन्। नाम र राजधानी पारित गर्न दुईतिहाइ मत आवश्यक पर्छ।

कांग्रेसको प्रस्ताव– प्रदेश २ को नाम मिथिला-भोजपुरा

नेपाली कांग्रेसले प्रदेश नम्बर २ को नाम मिथिला-भोजपुरा राख्न प्रस्ताव गरेको छ । प्रदेश सभा सचिवालयमा कांग्रेसले बिहीवार उक्त प्रस्ताव दर्ता गराएको हो । साथै कांग्रेसले प्रदेशको राजधानी जनकपुर राख्न प्रस्ताव गरेको छ । नाम मिथिला-भोजपुरा र राजधानी जनकपुर राख्न प्रस्ताव गरिएको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले लोकान्तरलाई जानकारी दिए । यसअघि जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेश राख्न प्रस्ताव गरिसकेका छन् । यस्तै एमालेले प्रदेशको नाम जानकी राख्न प्रस्ताव गरेको छ । प्रदेश ...

प्रदेश २ मा एमालेको प्रस्ताव – नाम ‘जानकी’, राजधानी ‘जनकपुरधाम’

काठमाडौं। प्रदेश २ को नाम र राजधानीबारे नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ। आज प्रदेश २ का एमाले संसदीय दलका नेता शत्रुधन महतोले नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेसले भने अहिलेसम्म नाम र राजधानीबारे कुनै प्रस्ताव दर्ता गराएको छैन। सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता...

प्रदेश २ को नामाकरण र राजधानी तोक्न दुई प्रस्ताव

सम्राट खनालधनुषा : प्रदेश २ को स्थायी राजधानी नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा सचिवालयमा दुई फरक प्रस्ताव दर्ता भएको छ।नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सभा सदस्यहरूले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्‌।प्रदेश सभा सदस्यहरूले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुईवटा प्रस्ताव दर्ता गराएका प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिएका छन्‌।प्रदेशको नामाकरणका लागि जसपाका तर्फबाट प्रदेश सभा सदस्

प्रदेश–२ को नाम र राजधानीका लागि जसपा र माओवादीद्वारा प्रस्ताव दर्ता

काठमाडौं। प्रदेश–२ को नाम र राजधानीका लागि सत्तारुढ जसपा र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ।जसपा र माओवादी केन्द्रले प्रदेश–२ को नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले बताए। जसपा र माओवादी दुवै दलले सम्मान प्रस्ताव गरेका हुन्। सचिवालयले वैशाख ९ गतेभित्र नाम र राजधानीका लागि प्रस्ताव दर्ता गर्न भनेको थियो।