प्रदेश–२ को नाम र राजधानीका लागि जसपा र माओवादीद्वारा प्रस्ताव दर्ता

काठमाडौं। प्रदेश–२ को नाम र राजधानीका लागि सत्तारुढ जसपा र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ।जसपा र माओवादी केन्द्रले प्रदेश–२ को नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले बताए। जसपा र माओवादी दुवै दलले सम्मान प्रस्ताव गरेका हुन्। सचिवालयले वैशाख ९ गतेभित्र नाम र राजधानीका लागि प्रस्ताव दर्ता गर्न भनेको थियो।

सम्बन्धित सामग्री

प्रदेश २ को नामाकरण : दलहरू ‘मधेस प्रदेश’मा सहमति नजिक

प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा एमाले, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी प्रदेशको राजधानीको विषयमा एकमत रहे पनि नामाकरणको विषयमा फरक(फरक प्रस्ताव दर्ता गराएका थिए ।प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठन भएको विशेष समितिले दलहरूसँग सघन छलफल सुरु गरेपछि सकारात्मक नति

के होला, प्रदेश नम्बर २ को नाम?

जनकपुर। प्रदेश २ को नाम र राजधानी तोक्नको लागि प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभामा नामका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन्। जसपा र माओबादी केन्द्रले मधेश प्रदेश, एमालेले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सांसद राजेश्वरप्रसाद शाहको मध्य-मधेश प्रदेश र जनक प्रदेश नाम दर्ता भएका छन्। नाम र राजधानी पारित गर्न दुईतिहाइ मत आवश्यक पर्छ।

प्रदेश २ मा एमालेको प्रस्ताव – नाम ‘जानकी’, राजधानी ‘जनकपुरधाम’

काठमाडौं। प्रदेश २ को नाम र राजधानीबारे नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ। आज प्रदेश २ का एमाले संसदीय दलका नेता शत्रुधन महतोले नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेसले भने अहिलेसम्म नाम र राजधानीबारे कुनै प्रस्ताव दर्ता गराएको छैन। सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता...

प्रदेश २ : जसपा र माओवादीको प्रस्ताव- नाम मधेस, राजधानी जनकपुर

प्रदेशको नाम मधेस र राजधानी जनकपुरका लागि दुवै दलले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।