भारतसँग रक्षा सम्बन्ध मजबुत पार्दै अमेरिका

एजेन्सी। अमेरिकाले भारतसँग रक्षासम्बन्ध थप मजबुत पार्ने निर्णय गरेको छ। अमेरिकी सिनेटले 'चीन सामरिक प्रतिस्पर्धा विधेयक' लाई स्वीकृत गरेको हो। विधेयकमा क्‍वाड समूहलाई समर्थन गर्ने र भारतसँग सुरक्षासम्बन्ध वृद्धि गर्ने सन्दर्भमा सहमति जनाइएको छ। चीनविरोधी समूह क्‍वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित छन्। गत महिना राष्ट्रपति जो बाइडेनले आयोजना गरेको क्‍वाड शिखर सम्मेलनमा चारै देशका नेताले भाग लिएका थिए।

सम्बन्धित सामग्री

अमेरिकी सिनेटर होलेनले काठमाडौँमा क-कसलाई भेट्दैछन् ?

काठमाडौँ- अमेरिकी सिनेट सदस्य क्रिस भान होलेन नेपाल आइपुगेका छन् । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन...

अमेरिकी सांसद भन्छन् : सहयोग जारी रहन्छ, द्विपक्षीय सम्बन्ध मजबुत बनाऔं

अमेरिकी सांसदको टोलीले नेपाल-अमेरिका सम्बन्धनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । युक्रेनमाथि रुसी आक्रमणविरुद्ध एकमत निर्माण गर्ने क्रममा नेपाल आइपुगेको उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेपालका उच्चपदस्थ अधिकारीहरुसँगको भेटमा द्विपक्षीय सम्बन्धमा जोड दिएको हो ।

भारतले चीनसँग व्यापारिक सम्बन्ध मजबुत पार्नुपर्छ, द्वन्द्वतर्फ लम्किने होइन

ठूला शक्तिहरूको प्रतिद्वन्द्वीतामा केहीले आफ्नो स्वतन्त्र छनौटलाई बचाउ गर्न सक्ने क्षमतालाई निर्धारण गर्न सक्छन् । व्यवहारमा कुन समूहको नजिक हुने भन्ने मुद्दामा भर पर्छ, जलवायु परिवर्तनको मुद्दामा तेश्रो विश्व; अफगानिस्तान मामिलामा अमेरिका, रुस र इरान; व्यापारको सम्बन्धमा चीनसँगको सहकार्यले एसियाली बजारमा पहुँच सुनिश्चित गर्ने वा चिनियाँ …

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताउनुभएको छ ।      नेपालको संविधान दिवसका अवसरमा जारी गर्नुभएको विज्ञप्तिमा व्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै विगत वर्षमा दुई देशले साझा चुनौतीको सामना गर्न सहकार्य गरेको स्मरणसमेत गर्नुभएको छ ।

बंगलादेश क्वाडमा सहभागी हुन्छः अमेरिका

एजेन्सी। अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित क्वाडमा बंगलादेश सहभागी हुने अमेरिकाले बताएको छ। चीनले बंगलादेशलाई क्वाडमा सहभागी नहुन चेतावनी दिएपछि यो विषय सतहमा आएको हो। अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने, ‘‘हामी बंगलादेशको सम्प्रभुताको सम्मान गर्छौं र उसले आफ्नो विदेश नीति आफैं बनाउने हो। बंगलादेशसँग हाम्रो सम्बन्ध मजबुत छ।’’ चार देश सम्मिलित क्वाड एक अनौपचारिक समूह हो।

भारत–अमेरिका सम्बन्ध मजबुत भएको दाबी

एजेन्सी। भारत र अमेरिकाबीचको सम्बन्ध राष्ट्रपति जो बाइडेनको सय दिने कार्यकालमा मजबुत बनेको अमेरिकी विदेश विभागले दाबी गरेको छ। यो अवधिमा भारतमाथि विशेष ध्यान दिइएको विभागले बताएको हो। कोरोनाले आक्रान्त भारतललाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ नदिँदा अमेरिकाको आलोचना भएको थियो। अमेरिकाले चीनमाथि निगरानी गर्न र कमजोर पार्न पनि भारतसँग विशेष व्यवहार गर्नुपर्ने विश्लेषकहरु बताउँछन्।

अमेरिकाले भ्याक्सिनको कच्चा पदार्थ नपठाएपछि भारत सशंकित

काठमाडौं। भ्याक्सिन उत्पादन बढाउन भारतले मागेको कच्चा पदार्थ दिन अमेरिकाले आलटाल गर्दै आएको छ। अमेरिकाका महामारी विशेषज्ञ डा. एन्थोनी फाउची यसबारे ‘माफ गर्नुस्, पछि कुरा गरौंला’भन्दै पन्छिएका छन्।पछिल्लो समय भारत–अमेरिका सम्बन्ध मजबुत भएको अनुमान गरिएको थियो। तर, कोरोना महामारीसँग जुधिरहेको भारतलाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ उपलब्ध नगराएपछि दुई देशबीचको सम्बन्धमै पुनर्विचार गरिनुपर्ने अवस्था आएको विश्लेषकहरु बताउँछन्।