भारतले चीनसँग व्यापारिक सम्बन्ध मजबुत पार्नुपर्छ, द्वन्द्वतर्फ लम्किने होइन

ठूला शक्तिहरूको प्रतिद्वन्द्वीतामा केहीले आफ्नो स्वतन्त्र छनौटलाई बचाउ गर्न सक्ने क्षमतालाई निर्धारण गर्न सक्छन् । व्यवहारमा कुन समूहको नजिक हुने भन्ने मुद्दामा भर पर्छ, जलवायु परिवर्तनको मुद्दामा तेश्रो विश्व; अफगानिस्तान मामिलामा अमेरिका, रुस र इरान; व्यापारको सम्बन्धमा चीनसँगको सहकार्यले एसियाली बजारमा पहुँच सुनिश्चित गर्ने वा चिनियाँ …

सम्बन्धित सामग्री

दार्चुलाको महाकालीमा दुई पुल सञ्चालनमा

दार्चुला । दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने गरी थप दुईवटा झोलुंगे पुल सञ्चालनमा आएको छ । महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणाधीन झोलुंगे पुल निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको हो । झोलुंगे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले बिहीवार उद्घाटन गरे । मालघाट र मालघट्टेमा झोलुंगे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । ‘पुल निर्माणले व्यासीको वर्षौंदेखिको पीडामा केही मलम लागेको छ,’ उनले भने, ‘यहाँका स्थानीयलाई बजार आउजाउ गर्न सहज हुने भएको छ ।’ यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो । नेपाल–भारत जोड्ने झोलुंगे पुल सञ्चालनमा आएपछि दुवै देशका नागरिकलाई आवतजावतमा सहज भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनले भने, ‘यो पुलले दुवै राष्ट्रको सम्बन्धमा नयाँ आयाम थपिदिएको छ ।’ भारत पिथौरागढ जिल्ला अधिकारी जोशीले वर्षौंदेखिको नागरिकको समस्या झोलुंगे पुल सञ्चालनपछि सहज भएको प्रतिक्रिया दिइन् । ‘नेपाल–भारत दुईदेशीय सम्बन्धमात्र नभई रोटीबेटीको सम्बन्ध अझै मजबुत बनाइदिएको छ,’ उनले भनिन् । झोलुंगे पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन् । दुई देशको सम्बन्ध भएका कारण दुवैतर्फ चोरी तस्करी अवैध घुसपैठ रोक्न सुरक्षाकर्मीले सहयोग पुग्नेछ । महाकालीमा झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएसँगै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । नेपालतिर सडक कालोपत्र भइनसकेको अवस्था व्यासका नागरिकका लागि सहज बाटोका रूपमा भारतीय सडक पर्दछ । भारतले डबल लेनको सडक निर्माण गरेका कारण नागरिक भारतीय बाटोको प्रयोग गर्दै खाद्यान्न, दैनिक उपभोग्य सामान ढुवानी गर्छन् । उद्घाटन भएका पुल निर्माणसँगै दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० ओटा झोलुंगे पुल सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियानअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा चारओटा पुल सञ्चालनमा ल्याइएको छ । २०७३ सालपछि लेकम–३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्यास गाउँपालिका–६ बडूगाउँ र तिगरममा झोलुंगे पुल निर्माण भएको हो । यसअघि दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट, व्यासको सीतापुल, महाकाली नगरपालिकाको दत्तु र मालिकार्जुन गाउँपालिकाको जोलजिबीमा झोलुंगे पुल सञ्चालनमा छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल निर्माण भइरहेको छ । रासस

पुटिनले भारतमा ६ घण्टा बिताए, भारत भन्छ– भ्रमण छोटो तर महत्वपूर्ण

२१ मंसिर, काठमाडौं । भारतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत भएको दाबी गरेको छ । पुटिनको भारत भ्रमण छोटो समयको भए पनि महत्वपूर्ण रहेको दाबी गरिएको छ । रुसी राष्ट्रपति पुटिन सोमबार भारत भ्रमणमा आएका थिए । उनी करिब ६ घण्टामात्र भारतमा रहे । भारतमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग […]

भारतले चीनसँग व्यापारिक सम्बन्ध मजबुत पार्नुपर्छ, द्वन्द्वतर्फ लम्किने होइन

ठूला शक्तिहरूको प्रतिद्वन्द्वीतामा केहीले आफ्नो स्वतन्त्र छनौटलाई बचाउ गर्न सक्ने क्षमतालाई निर्धारण गर्न सक्छन् । व्यवहारमा कुन समूहको नजिक हुने भन्ने मुद्दामा भर पर्छ, जलवायु परिवर्तनको मुद्दामा तेश्रो विश्व; अफगानिस्तान मामिलामा अमेरिका, रुस र इरान; व्यापारको सम्बन्धमा चीनसँगको सहकार्यले एसियाली बजारमा पहुँच सुनिश्चित गर्ने वा चिनियाँ …

अमेरिकाले भ्याक्सिनको कच्चा पदार्थ नपठाएपछि भारत सशंकित

काठमाडौं। भ्याक्सिन उत्पादन बढाउन भारतले मागेको कच्चा पदार्थ दिन अमेरिकाले आलटाल गर्दै आएको छ। अमेरिकाका महामारी विशेषज्ञ डा. एन्थोनी फाउची यसबारे ‘माफ गर्नुस्, पछि कुरा गरौंला’भन्दै पन्छिएका छन्।पछिल्लो समय भारत–अमेरिका सम्बन्ध मजबुत भएको अनुमान गरिएको थियो। तर, कोरोना महामारीसँग जुधिरहेको भारतलाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ उपलब्ध नगराएपछि दुई देशबीचको सम्बन्धमै पुनर्विचार गरिनुपर्ने अवस्था आएको विश्लेषकहरु बताउँछन्।

वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पु¥याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्न सहमत नेपाल र भारतले एउटा क्षेत्रको मतभिन्नताका बाबजुद पारस्परिक सम्बन्धका समग्र आयामलाई निरन्तर गति दिइरहेका बताउनुभएको छ । भारतीय विश्व सम्बन्ध परिषद्ले आज नयाँ दिल्लीमा आयोजना गरेको प्रवचनमा उहाँले नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटर अन्तर्राष्ट्रिय सिमानामध्ये केही किलोमिटर खण्डको मात्र सिमाङ्कनको काम बाँकी रहेको यथार्थ सुनाउँदै त्यसको पूर्णताका निम्ति संवाद गर्न नेपाल तयार रहेको तथा निष्कर्षमा पुग्न विश्वास र दायित्वको दायरालाई विस्तारित गर्नुपर्नेमा जोड दिनुभयो ।     नेपालको बाह्य सम्बन्धका प्राथमिकता आफ्ना अन्तर्राष्ट्रिय सिमानाबाट प्रारम्भ हुने तथा भारतसँगको सम्बन्धको आधारशिलालाई अझ मजबुत तुल्याउँने स्पष्ट लक्ष्य र उद्देश्य रहेको उहाँले बताउनुभयो । राजनीतिक एवं आर्थिक सामथ्र्यले विश्वशक्ति राष्ट्रका रुपमा अघि बढेको भारतले गरेको उल्लेखनीय प्रगतिबाट नेपाल हर्षित रहेको तथा दुवै देशका आ–आफ्नै आकाङ्क्षा रहेका बताउँदै मन्त्री ज्ञवालीले स्थिर र समृद्ध नेपाल निर्माण नै तीन करोड नेपालीको अभिलाषा रहेको प्रष्ट्याउनुभयो ।