साढे दुई महिनामा ३४८ महिला हिंसाको उजुरी दर्ता‚ सबैभन्दा धेरै घटना बागमतीमा

काठमाडौं : गत जेठ दोस्रो साता डोटी घर भएकी ३७ वर्षीया कमला (नाम परिवर्तन)लाई श्रीमानले घरको ढोका बन्द गरी शरीरमा आगो लगाए। त्यस घटनामा घाइते भएकी उनको अहिले काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ। उनी सात वर्षअघि विवाह बन्धनमा बाँधिएकी थिइन्। आर्थिक अवस्था सामान्य भएकी उनीहरुको घरपरिवार राम्रैसँग चलेको थियो। दुई सन्तानसहित चारजनाको मिलेको परिवार थियो। तर‚ सामान्य घर झगडाले नै आगो लगाउनेसम्मको घटना भएको राष्ट्रिय महिला आयोगको अनुसन्धानबाट खुलेको छ। सिन्धुपाल्चोकको चौतार

सम्बन्धित सामग्री

औलोको उच्च जोखिममा बाँके : सात महिनामा ९६ मा संक्रमण पुष्टि

बाँकेमा सात महिनामा ९६ जनामा औलो रोगको संक्रमण पुष्टि भएको छ । आठ पालिकाले गरेको सर्वेक्षणअनुसार सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा ८० जनामा औलोका बिरामी फेला परेका छन् ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य...

सात महिनामा अत्यधिक आयात–निर्यात भएका वस्तु

अंक र अर्थ मूल्यका हिसाबले सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको छ । चालू आर्थिक वर्षको सात महिनामा एक खर्ब ६९ अर्बको पेट्रोलियम आयात भएको छ । त्यसमा ८४ अर्ब ६१ करोडको डिजेल, ३८...

१ महिनामा ८८ हजारभन्दा धेरै पर्यटक नेपाल आए, धेरै भारत र अमेरिकाबाट

काठमाण्डाै – पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका उहाँले बताउनुभयो । योसहित सन् २०२२ को पहिलो १० महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या चार लाख ७३ हजार पाँच सय ६३ जना पुगेको छ । अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।...

सबैभन्दा धेरै लगानी प्रतिबद्धता केमा ?

चालू आर्थिक वर्षको दुई महिनामा दर्ता भएका उद्योग–परियोजनाहरू हेर्दा जलविद्युत् क्षेत्रमै सबैभन्दा बढी लगानी प्रतिबद्धता देखिएको छ । दोलखाको बिगु गाउँपालिकामा ९९.८ मेगावाटको जलविद्युत् परियोजनामा १६ अर्ब २२ करोड रुपैयाँ लगानी...

यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु

काठमाडौँ– नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यान्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरिने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ ।  भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तुमा पर्छन्– डिजेल, पेट्रोल, […]

बाँकेमा छ महिनामा ४४ कुष्ठरोगी थपिए

बाँके – बाँकेमा पछिल्लो ६ महिनामा ४४ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। स्वास्थ्य कार्यालयका कुष्ठरोगस्रोत व्यक्ति मानव नेपालीका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन् । नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला […]

अमेरिकामा एकै महिनामा साढे ८ लाख रोजगारी

एजेन्सी। विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था अमेरिकामा एकै महिनामा ८ लाख ५० हजार वटा रोजगारी सृजना भएको छ। कोरोना महामारीपछि पहिलोपटक जुनमा यतिधेरै रोजगारी सृजना भएको हो। यसअघि, सन् २०२० मा एकै महिना १६ लाख रोजगारी सृजना भएको समाचार संस्था सीएनएनले बताएको छ। यो महिनामा हस्पिटालिटी उद्योगले सबैभन्दा धेरै ३ लाख ४३ हजार रोजगारी सृजना गरेको छ।

जुनमा यी कार सबैभन्दा बढी बिके

एजेन्सी। जुन महिनामा भारतमा विभिन्न कम्पनीले उत्पादन गरेका ८ वटा मोडलका कार सबैभन्दा बढी बिकेको बताइएको छ। सुजुकीको ‘वेगन आर’, हुन्डाईको ‘क्रेटा’, मारुतीको ‘सिफ्ट’, मारुती ‘बलेनो’, मारुती ‘विटारा ब्रेजा’, मारुती ‘डिजायर’, मारुती ‘अल्टो’ र मारुती ‘आर्टिगा’ कार सबैभन्दा बढी बिकेका छन्। सूचीअनुसार सबैभन्दा बढी बिक्ने ८ कारका मोडलमध्ये ७ वटा सुजुकीका छन्।