भदौको तुलनामा असोज महिनामा वैदेशिक रोजगारीमा जाने घटे, मलेसिया जाने सबैभन्दा धेरै

काठमाण्डौ – चालु आर्थिक वर्षको भदौको तुलनामा असोज महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ । नयाँ, संस्थागत र पुन गरी गएको भदौ महिनामा मात्रै ७६ हजार ४ सय ३ जनाले श्रम स्वीकृति लिएकोमा असोजमा महिनामा ६२ हजार ७ सय ६ जनाले मात्र लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो सङ्ख्या अघिल्लो महिनाको तुलनामा १३ हजार ६ सय ९७ जनाले कमी हो ।  असोज महिनामा  सबैभन्दा धेरै ३९ हजार ७९० जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् भने १८ हजार ५ सय ७७ जना अदक्ष श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । श्रम ...

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण पनि वैदेशिक रोजगारी जाने नेपाली कामदारको संख्यामा ठूलो कमी आएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा तथा अन्तरराष्ट्रिय नाका बन्द गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको हो । कोरोना संक्रमणको पहिलो लहरमा पनि बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । २०७६ फागुन ३० देखि असार १८ गतेसम्म त सरकारले श्रम स्वीकृति दिन नै स्थगन गरेको थियो । त्यसपछि सरकारले श्रम स्वीकृति दिन शुरू गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको थियो । अहिले कोरोनाको दोस्रो लहर शुरू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पुनः घटेको छ । गतवर्षको साउनदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दो थियो । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत साउनमा ३ हजार १५२ जना नेपाली वैदेशिक रोजगारमा गएका थिए । त्यसपछि वैदेशिक रोजगारमा जाने कामदारको संख्या निरन्तर बढ्दै गएको थियो । गत चैतमा आइपुग्दा ३२ हजार १४२ जना नेपाली वैदेशिक रोजगारमा गएका थिए । तर, वैशाख यता भने वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको छ । विभागका अनुसार गत वैशाखमा २४ हजार ३६३ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । जेठमा भने ४ हजार ८६ जना कामदार मात्र वैदेशिक रोजगारमा गएको विभागको तथ्यांक छ । कोरोनाको दोस्रो लहर शुरू भएपछि सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएको थियो । साथै, वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान पनि बन्द गरिएको थियो । यसरी अन्तरराष्ट्रिय उडान बन्द भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको हो । विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले हवाई उडान बन्द गर्दा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको बताए । ‘अहिले हप्तामा दुईओटा मात्र अन्तरराष्ट्रिय हवाई उडान हुने गरेको छ । सोही हवाई उडानमार्पmत केही कामदार वैदेशिक रोजगारमा गएका छन्,’ उनले भने, ‘साथै, केही कामदार चार्टर प्mलाइटमार्पmत पनि गएका छन् । समग्रमा कोरोनाको दोस्रो लहरका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पनि प्रभावित भएको छ ।’ हवाई उडान नियमित नहुँदा करीब ७० हजार कामदार वैदेशिक रोजगारीमा जानबाट वञ्चित भएका छन् । वैदेशिक रोजगारी व्यवसायी महासंघले गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो । महासंघका महासचिव सुजित श्रेष्ठले नयाँ भिषा प्राप्त र बिदामा आएका कामदार वैदेशिक रोजगारीमा जान नपाएको बताए । उनका अनुसार साउदीमा २५ हजार, कतारमा ३० हजार, साइप्रसमा १० हजार, बहराइनमा १५ सय र ओमनमा पनि १ हजार ५ सयको हारहारीमा कामदार जानबाट रोकिएका छन् । अन्य मुलुकको सम्बन्धमा भने अध्ययन नगरिएको उनको भनाइ छ ।