चैत महिनामा ६१ हजारभन्दा धेरै बिदेसिए, बिदेसिनेमा सबैभन्दा धेरै धनुषाका र रुकुमका ६ जना मात्रै

काठमाण्डौ – गएको चैत महिनामा मात्रै ६१ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार २०७९ चैत महिनामा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुन श्रम स्वीकृति गरी ६१ हजार ४ सय ७८ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये पाँच हजार १३५ जना महिला र ५६ हजार ३४३ जना पुरुष रहेका छन् । श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै धनुषाका रहेका छन् भने सबैभन्दा कम रुकुमका रहेका छन् । ७१९ वटा म्यानपावर कम्पनीले २७ हजार ८५५ जनाको संस्थागत श्रम स्वीकृति लि...