अमेरिकामा एकै महिनामा साढे ८ लाख रोजगारी

एजेन्सी। विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था अमेरिकामा एकै महिनामा ८ लाख ५० हजार वटा रोजगारी सृजना भएको छ। कोरोना महामारीपछि पहिलोपटक जुनमा यतिधेरै रोजगारी सृजना भएको हो। यसअघि, सन् २०२० मा एकै महिना १६ लाख रोजगारी सृजना भएको समाचार संस्था सीएनएनले बताएको छ। यो महिनामा हस्पिटालिटी उद्योगले सबैभन्दा धेरै ३ लाख ४३ हजार रोजगारी सृजना गरेको छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत साढे ८ लाख, १० हजारले पाए रोजगारी

सरकारले बेरोजगार जनशक्तिलाई रोजगार दिने भन्दै ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमइपी) असफल हुँदै गएको छ । मुलुकमा बेरोजगारको संख्या प्रशस्तै छ । स्वदेशमा रोजगारी नपाएपछि विदेश जानेको लर्को पनि ठूलै छ । तर सरकारले ल्याएको यो कार्यक्रम पूर्ण कार्यान्वयनमा लैजान नसक्दा असफलतर्फ देखिएको हो । सरकारले केही वर्षदेखि यो कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो […]

रोजगारी सिर्जनाका गगनभेदी नारा, बेरोजगार झन् बढ्दै

मुलुकमा वार्षिक यति लाख नयाँ रोजगारी सिर्जना गर्ने भन्दै सरकारले नीति बनाउँछ, निर्वाचनमा दलहरुले बनाएका घोषणापत्रमा पनि रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिइने उल्लेख हुन्छ । तर, मुलुकमा बेरोजगारी घट्नुको साटो झन् बढ्दो छ । मुलुकमा वर्षेनी ८ लाख बेरोजगार थपिन्छन् भने ६ लाखभन्दा बढी बेरोजगार युवा विदेशिनेन गरेको तथ्यांक छ । यो तथ्यांक आफूलाई बेरोजगार …

झन् बढे बेरोजगार : साढे ८ लाख सूचीकृत, साढे ६ लाख विदेशतिर

२५ मंसिर, काठमाडौं । सरकारको प्रमुख नीतिमै पर्छ, बेरोजगारी समस्याको न्यूनीकरण । तर, सरकारी नीति र कार्यक्रमहरु बीच तालमेल नहुँदा बेरोजगारी समस्या घट्नुको साटो झन्–झन् बढिरहेको सरकारी तथ्यांकहरुले देखाएका छन् । सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रमको लागि संकलन गरेको बेरोजारको तथ्यांकमा नै सूचीकृत बेरोजगार नागरिक गत वर्षको तुलनामा एक लाख भन्दा धेरैले बढेका छन् । साना […]

सूचीकृत बेरोजगारको संख्या साढे ८ लाख

चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको संख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा वेरोजगार युवाको संख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो ।आर्थिक वर्ष २०७७र०७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र तीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो।प्रधानमन्त्री रोजगार

बेरोजगारको सङ्ख्या ८ लाख ४१ हजार पुग्यो

चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको सङ्ख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा बेरोजगार युवाको सङ्ख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो ।आर्थिक वर्ष २०७७/०७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र तीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो । प्रधानमन्त्री रोज

भैँसीपालनबाट मासिक एक लाख आम्दानी

सल्यान : बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका प्रमेश केसीले भैँसीपालनबाट मनग्य आम्दानी आम्दानी गर्दै आइरहेका छन्। उनले फर्म नै दर्ता गरेर भैँसी पालेका छन्। उनको फर्ममा रहेका आठ वटा दुहुना भैँसीले दैनिक ७० लिटर दुध दिने गरेको छ। दुध प्रतिलिटर ६० रुपैयाँमा बिक्री भइरहेको प्रमेशले बताए। उनको फर्ममा दुईजनाले रोजगारी पाएका छन्। प्रमेशले भैँसीसँगै कुखुरापालन पनि गर्दै आइरहेका छन्। ब्रोइलर जातका कुखुरापालनबाट उनले वार्षिक ८ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

अमेरिकी अर्थतन्त्रमा अपेक्षाकृत उच्च रोजगारी सृजना

साउन २४, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी अर्थतन्त्रले जुलाई महीनामा अपेक्षा गरिएभन्दा धेरै रोजगारी सृजना गरेको छ ।  गत महीना अर्थतन्त्रमा ९ लाख ४३ हजार नयाँ रोजगारी थपिएका छन् । विलासिता र आतिथ्य, शिक्षा र पेशागत सेवासमेतका क्षेत्रमा भएको वृद्धिका कारण रोजगारी सृजनामा टेवा मिलेको हो ।  समीक्षा अवधिमा औसत ८ लाख ७० हजार रोजगारी सृजना हुने बताइएको थियो । हालैका दिनमा कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिन्टको संक्रमण बढेसँगै रोजगारी बजारमा देखिएको यो सुधार छोटो हुने चिन्ता गरिएको छ ।  महामारीका कारण नयाँ प्रतिबन्ध लागू हुने भय पनि छ । जुलाईमा भएको  रोजगारी सृजनासँगै अमेरिकी बेरोजगारी दर शून्य दशमलव ५ प्रतिशतले घटेर ५ दशमलव ४ प्रतिशतमा आएको छ । समग्रमा ८७ लाख मानिसहरु बेरोजगार छन् ।  यो गत वर्षको अप्रिलको तुलनामा निकै कम भएपनि सन् २०२० को फेब्रुअरीमा महामारी शुरु हुनु अघिको तुलनामा चाहीं निकै धेरै हो । एजेन्सी

अमेरिकी रोजगारी सृजनाले गति लियो

असार १९, वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा जुन महीनामा रोजगारी सृजनाले गति लिएको छ । कोरोना भाइरसको महामारीका कारण लगाइएको प्रतिबन्ध खुकुलो बनेर आर्थिक गतिविधि पुनः सुचारु हुन थालेपछि समीक्षा अवधिमा अपेक्षाकृत धेरै रोजगारी सृजना भएको हो ।  गत महीना रोजगारदाताहरुले ८ लाख ५० हजार रोजगारी सृजना गरेका छन् । बार, रेष्टुराँ, खुद्रा तथा शिक्षा क्षेत्रमा नयाँ कर्मचारी भर्तीसँगै सो अवधिमा अपेक्षाकृत उच्च रोजगारी सृजना भएको हो । कर्मचारी भर्ती बढेको भएपनि बेरोजगारी दर भने ५ दशमलव ९ प्रतिशतमा यथावत् रहेको श्रम तथ्यांक विभागले बताएको हो ।  नयाँ कर्मचारीलाई आकर्षित गर्न म्याकडोनल्ड्जलगायत आतिथ्य कम्पनीहरुले आफ्नो कम्पनीको रेष्टुराँमा न्यूनतम् तलब पनि बढाएका छन् । मेमा शून्य दशमलव ४ प्रतिशतले बढेको औसत घन्टे तलब गत महीना पनि शून्य दशमलव तीन प्रतिशतले बढेको छ । जुनमा थपिएका आधा भन्दा धेरै जागिर विलासी र आतिथ्य क्षेत्रमा छन् । यद्यपि, यी क्षेत्रमा रोजगारी महामारी  पूर्वको स्तरभन्दा अझै पनि २२ लाख कम छ ।  एजेन्सी

निषेधाज्ञापछि मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकको रोजगारी गुम्यो

जेठ २८, काठमाडौं  । कोरोना भाइरसको संक्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल/ रेष्टुरेन्ट/ क्लब/ दोहोरी साँझलगायत) मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा शुक्रवार आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको पाइएको हो ।            उक्त संस्थाको तथ्याङ्कानुसार निषेधाज्ञामा २५ जना श्रमिकले रोजगारी गुमाएर खाने, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको उल्लेख छ । यस क्षेत्रमा ८ लाख जनाले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ । साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन् ।            विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तीमा पाँच जनाको परिवार चलेको हुनाले करीब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महीनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकले आत्महत्या गरेको बताए।            गत वर्ष कोरोना महामारीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका २९९ जनाले आत्महत्या गरेका थिए । विश्वास नेपालले ‘हाम्रो सम्मान’ परियोजनाअन्र्तगत यस क्षेत्रका श्रमिकका हक, अधिकार, काम कर्तव्यका बारेमा जानकारी दिनुका साथै समस्यामा परेका श्रमिकलाई विविध सहयोग गर्दै आएको छ ।            कार्यक्रममा परियोजना संयोजक विवेक शर्माले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरुको समस्या, श्रम ऐनले गरेका व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । उनले यस क्षेत्रमा रोजगारी गुमाउँदा श्रमिकले बस्ने कोठाबाट निकालिनुपर्ने, खाद्यान्न अभावलगायतका समस्याले मानसिक समस्या झेलिरहेको बताए ।            त्यसैगरी संस्थाका पैरवीकर्ता रसना ढकालले जुनसुकै क्षेत्रको रोजगारी आफैँमा राम्रो हुने भए पनि मनोरञ्जनको क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकाले यस क्षेत्रमा काम गर्ने श्रमिकले आत्मसम्मान गुमाएर काम गर्नुपर्ने बताइन् । रोजगारी, व्यवसायमा स्वस्थ प्रतिस्पर्धा, श्रमिकको हक अधिकार तथा जिम्मेवारीपूर्ण सेवा प्रवर्द्धनका लागि सञ्चार क्षेत्र, नियम कानूनको कार्यान्वयनका लागि सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।            विश्वास नेपालले यस क्षेत्रमा काम गर्ने श्रमिकले हाल रोजगारी गुम्दा मनोसामाजिक समस्या, आर्थिक अभावका कारण पारिवारिक कलहजस्ता समस्याले आत्महत्याकोे बाटो रोज्ने गरेको पाइएको बताएको छ । संस्थाले श्रमिकहरुलाई मनोसामाजिक परामर्श, खाद्यान्नलगायतका सहयोग उपब्ध गराउँदै आएको छ भने आर्थिक उपार्जनको वैकल्पिक स्रोतका लागि क्रिष्टलका माला, झुम्का, चुरा, पोते बनाउनेलगायतका सामग्री बनाउने तालिम प्रदान गर्दै आएको छ ।  रासस

बेरोजगार ८ लाख नाघे

रोजगारी सिर्जना गर्न १० अर्ब अनुदानसरकारले रोजगारी सिर्जनाका क्षेत्रमा १० अर्ब रुपैयाँभन्दा बढी रकम अनुदान वितरण गरे पनि प्रत्यक्ष बेरोजगारको संख्या ८ लाख नाघेको छ । वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशी श्रमलाई लक्षित गरी दीर्घकालीन रोजगारीका कार्यक्रम बनाउन नसकेको कारण यति धेरै अनुदान बाँडिए पनि बेरोजगारको संख्या भने बढ्दै गएको हो ।कोभिड संकटयता श्रम, रोजगार […]