अरुण काबेली पावरले कमायो साढे १३ करोड नाफा

कात्तिक २८, काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. १३ करोड ५३ लाख ८० हजार खुद नाफा गरेको छ ।  कम्पनीले आइतवार सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १९ दशमलव २३ प्रतिशत बढी गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ११ करोड ३५ लाख ४४ रहेको थियो । यस वर्ष विद्युत् विक्रीबाट गत वर्षभन्दा १८ दशमलव ४९ प्रतिशत बढी अर्थात् रू. २६ करोड ६९ लाख आम्दानी गरेको छ । विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा पनि गत वर्षभन्दा १८ दशमलव ८५ प्रतिशत बढी रू. २४ करोड ९५ लाख ५४ हजार भएको छ । ५ दशमलव ७१ प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजार पुर्‍याएको छ ।  जगेडा कोष रकम गत वर्षभन्दा १०६ दशमलव ३४ प्रतिशत वृद्धि भई रू. ४२ करोड ५० लाख ८४ हजार कायम भएको छ । कम्पनीको कर्जा रकम गत वर्षभन्दा ९ प्रतिशत बढेर रू. ३ अर्ब ४५ करोड पुगेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव १५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ३५८ दशमलव शून्य ८ रहेको छ । यो पनि हेर्नुस् : साढे ७३% बढी विद्युत् विक्री गरेको अरुण काबेली पावरको नाफा करीब २९ करोड तेस्रो त्रैमाससम्ममा अरुण काबेली पावरको खुद नाफा ४ गुणाले बढ्यो

सम्बन्धित सामग्री

विद्युत विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा

विद्युत विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा

विद्युत् विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा

विद्युत् विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा

दोस्रो त्रैमासमा अरुण काबेली पावर घाटामा यस्तो छ कारण

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण  सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा रू. ३१ करोड ५ लाख घाटामा रहेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने रू. १५ करोड १३ लाख नाफामा थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी नभएकाले खर्चमा वृद्धि भएकाले घाटामा देखिएको हो । यो त्रैमासमा काबेली वि १ जलविद्युत परियोजना बन्द भएका कारणले यो त्रैमासमा विद्युत विक्रीबाट आम्दानी प्राप्त भएको छैन ।  त्यस्तै गत आवमा कम्पनीको कुल खर्च रू. २६ करोड २८ लाख रहेकोमा चालू आवमा बढेर रू.२८ करोड १९ लाख पुगेको हो । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको तरलता अनुपात ६ दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३४ पैसा छ ।  कम्पनीको चुक्ता पूँजी रू.३ अर्ब ८९ करोड रहेको छ । दोस्रो त्रैमाससम्ममा जगेडा कोष रू.२८ करोड ४३ लाख ऋणात्मक रहेको छ । सो अवधिमा शेयर प्रिमियममा भने रू.१० करोड २८ लाख धनात्मक रहेको छ ।  रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

अरुण काबेली पावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब उक्त हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

अरुण काबेली पावर पहिलो त्रैमासमा नोक्सानीमा,यस्तो छ कारण

काठमाडौं । अरुण काबेली पावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी पहिलो त्रैमासमा रू. १५ करोड ९४ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ९ करोड ७४ लाख नाफामा थियो । चालू आवमा कम्पनीले सञ्चालनमा गरेको काबेली बि १ जलविद्युत परियोजना बन्द भएका कारण पहिलो त्रैमासमा विद्युत विक्रीबाट आम्दानी प्राप्त भएको छैन । सोही कारण कम्पनी नोक्सानीमा गएको हो । कम्पनीले अन्य आम्दानी गत आवमा रू. ५ लाख ३ हजार रहेकोमा चालू आवमा घटेर रू. १ लाख ३ हजारमा झरेको छ ।  त्यस्तै कम्पनीको जम्मा खर्च गत आवमा रू. १६ करोड १७ लाख रहेकोमा चालू आवमा घटेर रू. १५ करोड ५६ लाखमा झरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४ करोड रहेको छ । जगेडा कोष रू. १४ करोड ३३ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ०८ पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९८ पैसा रहेको छ ।

अरुण काबेलीले १९ करोड ५१ लाख लाभांश दिने

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १९ करोड ५१ लाख ६८ हजार १४५ रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र थप कर प्रयोजनका लागि ०.५२ प्रतिशत गरी १०.५२ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ । कुल लाभांश मध्ये कम्पनीले १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँ बोनस सेय

अरुण काबेली पावर लिमिटेडको लाभांश घट्यो, लगानीकर्ताले कति पाउँछन् बोनस सेयर ?

काठमाडौं। अरुण काबेली पावर लिमिटेडको लाभांश दर घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षको लाभांश घटेको

अरुण काबेलीले सेयर निष्कासनको माग्यो अनुमति

अरुण काबेली पावर कम्पनीले हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । अरुणले १ः१ अनुपातमा एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले हाल कायम एक अर्ब ८५ करोड ५२ लाख १० हजार पाँच रुपैयाँ चुक्ता पुँजीमा सतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । यसअघि १० भदौमा अरुण काबेलीलाई विद्युत नियमन आयोगले पनि सयप्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको

९ हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कसले कति दिँदैछन् ?

९ वटा हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट न्यादी ग्रुप पावर कम्पनी लिमिटेड, अरुण काबेली पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपी पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, सिनर्जी पावर डेभलपमेन्ट, रुरु जलविद्युत परियोजना लिमिटेड र सानिमा माई हाइड्रो लिमिटेडले सेयरधनीहरुमा लाभांश घोषणा गरेका हुन् । सो मध्ये सबैभन्दा बढी न्यादी ग्रुपले २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । ग्रुपले २

यी कम्पनीको लगानीकर्ताले आज कमाए सर्वाधिक

काठमाडौं, १८ साउन । नेपसेमा आज सबैभन्दा आज धेरै अरुण काबेली पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । दुई कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । नेप्सेको अनुसार सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको आज १० प्रतिशतका दरले शेयरमुल्य बढेको हो । त्यस्तै, गुराँस लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले […]