अरुण काबेली पावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब उक्त हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

अरुण काबेली पावरको २० लाखभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडको २० लाख १४ हजार ८१७ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्ने भएको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ७८ हजार २०३ जना आवेदकहरूलाई १ करोड ६५ लाख ३७ हजार २८८ कित्ता हकप्रद शेयर कम्पनीले असोज १९ गते बाँडफाँट गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । विक्री हुन नसकेको हकप्रद शेयर समेत विक्री तथा बाँडफाँटपछि  कम्पनीको चुक्तापूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरूमा मात्र हकप्रद शेयर बाँडफाँट गरिएको हो ।  हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम असोज २४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।

यी तीन कम्पनीका हकप्रद शेयर आइतवारसम्म मात्रै विक्रीमा रहने

काठमाडौं । दुई जलविद्युत कम्पनीसहित तीन कम्पनीको हकप्रद शेयर खरीद गर्ने भदौ ३१ गते (आइतवार) अन्तिम दिन रहेको छ । मल्टीपर्पस फाइनान्स, अरुण काबेली पावर र सिनर्जी पावरको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आइतवार अन्तिम दिन रहेको हो । मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि हाल कायम चुक्ता पूँजीको आधारमा ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरेको हो ।  ३५ प्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ । मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । त्यस्तै अरुण काबेली पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर भदौ ११ गतेदेखि निष्कासन गरेको हो । अरुण काबेली पावरले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । अरुण काबेली पावरले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ । भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले थप गरिएको अवधि भदौ ३१ गतेसम्म छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि यसअघि भदौ २४ गतेसम्मको अवधि तय गरिएकोमा मागबमोजिम आवेदन नपरेपछि भदौ ३१ गतेसम्मको मिति थप गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । सिनर्जी पावरको हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

घट्दो बजारको असर सार्वजनिक निष्कासनमा

काठमाडौं । धितोपत्रको दोस्रो बजार निरन्तर घट्दै जाँदा त्यसको प्रत्यक्ष असर सार्वजनिक निष्कासनका धितोपत्रमा परेको छ । बजार घट्दै जाँदा सूचीकृत धितोपत्रको मूल्यमा कमी आएसँगै सार्वजनिक निष्कासनका धितोपत्रमा लगानीकर्ताको आकर्षण कम देखिएको हो । पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने साधारण शेयरबाहेक अन्य धितोपत्र बिक्न समस्या भएको विक्री प्रबन्धकहरू बताउँछन् । धितोपत्रको दोस्रो बजार घट्दै जाँदा राम्रा कम्पनीको शेयरमूल्य निकै सस्तिएकाले साधारण शेयरबाहेक अन्य धितोपत्रमा लगानीकर्ताको आकर्षण कम भएको बुझाइ विक्री प्रबन्धकहरूको छ । जानकार लगानीकर्ता भने बजारमा धितोपत्रको आपूर्ति बढी भएकाले लगानी कम भएको प्रतिक्रिया दिन्छन् । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल पछिल्लो समय आर्थिक संकटको अवस्थामा सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेकाले लगानी घटेको बताउँछन् । सार्वजनिक निष्कासनले निरन्तरता पाउनु सकारात्मक पाटो रहे पनि अहिलेको अवस्थामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको तीव्रतालाई घटाउनुपर्ने फुल्लेलले सुझाए ।  बजारलाई माग र आपूर्तिले सन्तुलनमा राख्ने हुँदा माग बढ्ने गतिविधि नभइरहेको बेला आपूर्ति कम गरेर भए पनि बजारको विकासमा ध्यान दिनुपर्ने फुल्लेल बताउँछन् । बैंक, वित्तीय संस्थामा पर्याप्त तरलता भई कर्जा लिनका लागि बोलाइरहेको अवस्थामा पनि लगानीकर्ता चर्को ब्याजदरका कारण कर्जा लिन डराइरहेको फुल्लेलले बताए । मार्जिन कर्जामा १२ करोडको सीमाका कारण ठूला लगानीकर्ताले लगानी बढाउन नसकेको गुनासोसमेत फुल्लेलले गरे । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आउने धितोपत्र दोस्रो बजारसँग जोडिने हुँदा दोस्रो बजारले गति लिन आफूले सुझाएका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा फुल्लेलले जोड दिए ।  अपि पावर, अरुण काबेली पावर, मल्टिपर्पस फाइनान्स र सिनर्जी पावरको हकप्रद शेयर, स्थानीयमा सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडको साधारण शेयर र हिमालयन ८०–२० को एकाइ हाल सार्वजनिक निष्कासन तथा विक्रीमा छन् । भदौ १० गतेदेखि सर्वसाधारणलाई शेयर विक्री गरिरहेको मान्डु हाइड्रोपावरको आईपीओमा भने मागभन्दा बढी आवेदन परेपछि छिटो अवधि भदौ १३ गते नै निष्कासन तथा विक्री बन्द भइसकेको छ । मान्डुको आईपीओमो छिटो अवधिभित्र मागभन्दा झन्डै नौ गुणा बढी आवेदन परेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आए पनि सोही आईपीओ स्थानीयमा भने कतिपय कम्पनीको विकेको छैन । सर्वसाधारणमा विकेको मान्डु हाइड्रोपावरको आईपीओ पनि स्थानीयमा ७९ हजार ३० कित्ता विक्री हुन सकेको थिएन । कम्पनीले स्थानीयमा २ लाख ७२ हजार ७३० कित्ता आईपीओ छुट्ट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको उक्त आईपीओ समेत सर्वसाधारणमा विक्री भएको छ । अहिले आयोजना प्रभावित स्थानीयमा सोनापुर मिनरल्स् एन्ड आयलको आईपीओ विक्रीमा छ । साउन २९ गतेदेखि विक्रीमा आएको कम्पनीको आईपीओ छिटो अवधि भदौ ११ गतेसम्म स्थानीयमा नबिकेपछि अवधि थप गरी भदौ २६ गतेसम्मको मिति तय गरिएको छ । यो कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रूपैयाँ थप गरी प्रतिशेयर २२५ रुपैयाँमा आईपीओ विक्रीमा ल्याएको हो । त्यस्तै प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यमा साउन ३२ गतेदेखि विक्रीमा आएको हिमालयन ८०–२० योजनाको एकाइ पनि छिटो अवधि भदौ ४ गतेसम्म नबिकेपछि भदौ १५ गतेसम्मको विक्री मिति तय गरिएको छ । चार कम्पनीको हकप्रद शेयर खरीदका लागि परेको आवेदनको तथ्यांक हेर्दा पनि तोकिएको अवधिभित्र सम्पूर्ण कित्ता बिक्ने सम्भावना कम देखिन्छ । यसअघि हकप्रद जारी गरेको नेशनल हाइड्रोपावरको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता हकप्रद शेयर नबिकेपछि भदौ १३ गतेदेखि लिलामीमा ल्याएको छ । कम्पनीले ५० प्रतिशत दरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा ६८ लाख ८४ हजार ७१७ कित्ता मात्र वितरण भएको हो । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म जेठ ३२ गतेसम्म कायम शेयरधनीका लागि हकप्रद शेयर जारी गरेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सर्वसाधारणतर्फ वितरण हुन नसकेको १३ लाखभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्न लागिएको हो ।

अरुण काबेली पावरको हकप्रद शेयर सोमवार देखि विक्री खुला

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडको हकप्रद शेयर भोलि सोमवार अर्थात भदौ ११ गते देखि विक्री खुला हुने भएको छ ।   कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ छ ।  सोही पूँजीको आधारमा प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्न लागेको हो । शेयरधनीले उक्त हकप्रद शेयरमा भदौ ३१ गते सम्म आवेदन दिन सक्नेछन् ।  शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  शेयरधनीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै अरुण काबेली पावरको कार्यालय र मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत सुरक्षित रहेको संकेत गर्ने ईक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्ला भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरी २०७६ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्दै आएको छ ।

अरुण काबेली पावरले सच्यायो हकप्रद शेयर निष्कासनको मिति

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासनको मिति सच्याएको छ । गत बिहीवार भदौ ८ देखि २८ गतेसम्म हकप्रद शेयर निष्कासनको मिति उल्लेख गर्दै आह्वान पत्र सार्वजनिक गरेको कम्पनीले शुक्रवार (आज) भदौ ११ देखि ३१ गतेसम्म हुनुपर्ने भन्दै सच्याएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ छ । सोही पूँजीको आधारमा प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्न लागेको हो । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । शेयरधनीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै अरुण काबेली पावरको कार्यालय र मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत सुरक्षित रहेको संकेत गर्ने ईक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्ला भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरी २०७६ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्दै आएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

आयोजना निर्माण र ऋण तिर्न हकप्रद रोज्दै जलविद्युत् कम्पनी

काठमाडौं । आयोजना निर्माण र ऋण तिर्न ११ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन  गर्ने योजना बनाएका छन् । जलविद्युत् कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । ११ कम्पनीमध्ये अपि पावर, अपर तामाकोशी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनीले आयोजना निर्माणका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । अरुण भ्याली हाइड्रोपावरले आयोजना निर्माण र ऋण तिर्न हकप्रद विक्री गर्न लागेको जानकारी गराएको छ ।  अरुण काबेली पावर, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र रिडी पावर कम्पनीले ऋण तिर्न हकप्रद विक्री गर्ने निर्णय गरेका हुन् । यी कम्पनीमध्ये कतिपयले विद्युत् नियमन आयोगबाट स्वीकृति पाई नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल भन्छन्, ‘कम्पनीहरूले विवेकपूर्ण निर्णय लिनुपर्छ । हकप्रद शेयर निष्कासन गर्न नपाउने भन्ने हुँदैन तर यो कत्तिको विवेकपूर्ण निर्णय हो ? कम्पनी डुब्ने अवस्थामा यस्तो गर्नुपर्छ तर सामान्य अवस्थामा नाफा कमाएरै ऋण तिर्नुपर्ने हो । ऋण तिर्नकै लागि हकप्रद शेयर जारी गर्नु राम्रो होइन ।’ अधिवक्ता ज्योति दाहालका अनुसार ऋण तिर्नकै लागि हकप्रद शेयर विक्री गर्नु राम्रो होइन । ‘ऋणमुक्त भएपछि आम्दानी बढ्छ भन्ने शेयरधनीहरू नै हुन् । हाइड्रोपावर कम्पनीले स्वपूँजी र ऋण अनुपात सामान्य अवस्थामा हुँदाहुँदै ऋणमोचन गर्न जुन प्रकारले हकप्रदको घोषणा गरिरहेका छन्, यसले कम्पनीको प्रतिशेयर आम्दानीलाई ध्वस्त पारेर कम्पनीलाई नै धराशयी बनाउँछ,’ दाहालले भने । नेपालको शेयरबजारमा अत्यन्तै लोकप्रिय बनाइएको हकप्रदले कम्पनीलाई अपवादबाहेक तत्काल वा दीर्घकालमा कुनै फाइदा नहुने दाहालको तर्क छ । हालसम्ममा सिनर्जी पावर, अपि पावर, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी र अरुण काबेलीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । अपि पावर कम्पनीले हालको चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न गत चैत ६ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो । हाल अपि पावरको चुक्ता पूँजी ४ अर्ब १३ करोड छ । ४० प्रतिशत हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी हुनेछ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर विक्री गर्न लागेको हो । अपर तामाकोशी हाइड्रोपावरले १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन १८ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड हो । हाल तामाकोशीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्कासनपछि पूँजी २१ अर्ब १८ करोड पुग्नेछ । तामाकोशीले हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीका जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला र तामाकोशी–५ आयोजना निर्माणमा लगानी गर्ने जानकारी दिएको छ ।  अरुण काबेली पावर कम्पनीले पनि १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७८ कात्तिक २८ गते सेबोनमा निवेदन दिएको थियो । यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड हो । हाल अरुण काबेलीको चुक्ता पूँजी १ अर्ब ८५ करोड छ । शतप्रतिशत हकप्रद विक्रीपछि चुक्ता पूँजी ३ अर्ब ७१ करोडभन्दा माथि पुग्नेछ ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्दै छ । कम्पनीले हकप्रद निष्कासन गर्न सेबोनमा जेठ २२ गते निवेदन दिएको हो । छ्याङ्दीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड हो । यसले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न चाहेको छ । हाल छ्याङ्दीको चुक्तापूँजी ३८ करोड ६९ लाख रुपैयाँ छ । हकप्रद विक्रीपछि कम्पनीको पूँजी ७७ करोड ३९ लाख पुग्नेछ । त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २:१ अनुपातमा हकप्रद निष्कासनका लागि गत फागुन ५ गते सेबोनमा निवेदन दिएको छ । सिनर्जीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ छ । अरुण भ्यालीले हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, रिडी पावर र शिवश्री हाइड्रोपावरको सञ्चालक समितिले हकप्रद निष्कासन गर्ने निर्णय मात्रै गरेका छन् । उक्त निर्णय साधारणसभाबाट पारित हुन र विद्युत नियमन आयोगबाट स्वीकृत हुन बाँकी छ । साधारणसभाबाट निर्णय पारित भई आयोगले स्वीकृति दिएपछि यी कम्पनीले सेबोनमा निवेदन दिनुपर्छ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पूँजी १ अर्ब ८६ करोडको शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।  हकप्रद विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत् आयोजना (३० मेगावाट) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी त्यत्ति नै रकम कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्न बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने बताइएको छ ।  यसले विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । घलेम्दी हाइड्रोले २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रद निष्कासनको निर्णय साधारणसभाले पारित गरिसकेको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ खोला जलविद्युत् आयोजनामा लगानी गर्न कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो । हाल घलेम्दीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । प्रस्तावित हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।  हिमालयन ऊर्जा विकास कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रदबाट प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकमले बैंकको दीर्घकालीन ऋण भुक्तानी गर्ने निर्णय गरेको छ । आँखुखोला जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत् आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्न लागेको हो ।  रिडी पावर कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।  त्यस्तै शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । शिवश्रीले बैंक ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने निर्णय गरेको बताएको छ ।

जलविद्युत् कम्पनीको गत वर्षको लाभांश : ९ ओटा कम्पनीहरुले गरे पारित *

कात्तिक २२, काठमाडौं । दोस्रो बजारमा सूचीकृतमध्ये हालसम्म ९ ओटा  जलविद्युत् कम्पनीहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् । सिनर्जी पावर, अपि पावर, अरुण काबेली पावर, ङादी ग्रुप पावर, रूरू जलविद्युत् परियोजना, अरुणभ्याली हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले गत वर्षको मुनाफाबाट प्रस्तावित लाभांश वार्षिक साधारण सभा सम्पन्न गरी पारित गराएका हुन् । हाल दोस्रो बजारमा ४३ जलविद्युत कम्पनीहरु सूचीकृत रहेका छन् । पछिल्लो समय दोस्रो बजारमा थपिने नयाँ कम्पनीहरुमा जलविद्युत् कम्पनीहरुनै बढी रहेका छन् । हालसम्म पारित गरेका जलविद्युत् कम्पनीहरुको मात्र लाभांशलाई हेर्दा ङादी ग्रुप पावरको सबैभन्दा बढी रहेको छ । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश असोज ३ गते नै वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरेको छ । सोही सभाबाट १ बराबर २ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले पारित गरेको छ । ङादी ग्रुप पावरले २० प्रतिशत बोनस पश्चात कायम हुने चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजारको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको हो । अरुण काबेली पावरले यसवर्ष कुल १७ दशमलव ८९ प्रतिशत लाभांश दिएको छ । कम्पनीले गत भदौ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । अरुण काबेली पावरले पनि १७ प्रतिशत बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सोही सभाबाट पारित गरेको छ । लाभांश पारित गरेका ९ ओटा जलविद्युत् कम्पनीहरुमध्ये रिडी र रैराङ हाइड्रोपावरले भने एउटै अनुपातमा १२ दशमलव ६ प्रतिशत कर समेत नगद लाभांश दिएका छन् । यसवर्ष अरुणभ्याली हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, रूरू जलविद्युत् परियोजना र सिजर्नी पावरले एउटै अनुपातमा अर्थात् १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश पारित गरेका छन् । अपि पावरले भने यो वर्ष १० दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश दिएको छ । सिनर्जी पावरले २:१ को अनुपातमा, अपि पावरले १:०.३९३६ को अनुपातमा र अरुणभ्यालीले १:०.५० को अनुपातमा हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । जलविद्युत् कम्पनीहरुद्वारा पारित लाभांश :                                                              स्रोतः कम्पनीहरुद्वारा जारी सूचनामा आधारित

अरुण काबेली पावरको सभाले पारित गर्‍यो लाभांश र हकप्रद शेयर

भदौ २७, काठमाडौं । अरुण काबेली पावर कम्पनीले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ  । सभा शनिवार भदौ २६ प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पन्न भएको हो । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै १७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ८५ करोड ५२ लाख पुग्नेछ ।  यही पूँजीको आधारमा शतप्रतिशत अर्थात् १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित भएको हो ।  साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका भदौ १५ गते देखि २५ गतेसम्म बन्द गरेको थियो । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

अरुण काबेलीसहित तीन ओटा कम्पनीको साधारण सभा शनिवार हुँदै

भदौ २५, काठमाडौं । तीन ओटा अलग अलग कम्पनीको साधारण सभा शनिवार हुने  भएको छ ।  अरुण काबेली पावर, राष्ट्रिय बीमा संस्थान र नेपाल फाइनान्सले साधारण सभा आयोजना गरेका हुन् ।  अरुण काबेली पावरको साधारण सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय ट्रेडटावर, थापाथलीमा हुनेछ । सभाले १७ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी सभाले हाल कम्पनीको सञ्चालक समितिमा सात जना सञ्चालक रहेकोमा घटाएर पाँच जनामा सीमित गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्तापुस्तिका भदौ १५ गतेदेखि २५ गतेसम्म बन्द रहेको छ । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  त्यसैगरी राष्ट्रिय बीमा संस्थानले पनि शनिवार अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा गर्न लागेको छ । सभाले तीन ओटा आव २०६६/ ६७ ,२०६७/ ६८ र २०६८/ ६९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७२/ ७३,२०७३/ ७४ र २०७४/ ७५ को लेखापरिक्षकको लागि नन्दकेशोर शर्मा र सीए केशब प्रसाद न्यौपानेको संयुक्त नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै नेपाल फाइनान्सले २८औं वार्षिक साधारण सभा पनि केन्द्रीय कार्यालय कमलादीमा बोलाएको छ । सभाले ललितपुर फाइनान्सलााई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले साविकको ललितपुर फाइनान्सको आव २०७४/ ७५ ,२०७५ / ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।