विद्युत् विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा

विद्युत् विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा

सम्बन्धित सामग्री

विद्युत विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा

विद्युत विक्री आम्दानी घटेसँगै अरुण काबेली पावर रू. ३४ करोड १३ लाख नोक्सानीमा

दोस्रो त्रैमासमा अरुण काबेली पावर घाटामा यस्तो छ कारण

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण  सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा रू. ३१ करोड ५ लाख घाटामा रहेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने रू. १५ करोड १३ लाख नाफामा थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी नभएकाले खर्चमा वृद्धि भएकाले घाटामा देखिएको हो । यो त्रैमासमा काबेली वि १ जलविद्युत परियोजना बन्द भएका कारणले यो त्रैमासमा विद्युत विक्रीबाट आम्दानी प्राप्त भएको छैन ।  त्यस्तै गत आवमा कम्पनीको कुल खर्च रू. २६ करोड २८ लाख रहेकोमा चालू आवमा बढेर रू.२८ करोड १९ लाख पुगेको हो । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको तरलता अनुपात ६ दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३४ पैसा छ ।  कम्पनीको चुक्ता पूँजी रू.३ अर्ब ८९ करोड रहेको छ । दोस्रो त्रैमाससम्ममा जगेडा कोष रू.२८ करोड ४३ लाख ऋणात्मक रहेको छ । सो अवधिमा शेयर प्रिमियममा भने रू.१० करोड २८ लाख धनात्मक रहेको छ ।  रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

अरुण काबेली पावर पहिलो त्रैमासमा नोक्सानीमा,यस्तो छ कारण

काठमाडौं । अरुण काबेली पावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी पहिलो त्रैमासमा रू. १५ करोड ९४ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ९ करोड ७४ लाख नाफामा थियो । चालू आवमा कम्पनीले सञ्चालनमा गरेको काबेली बि १ जलविद्युत परियोजना बन्द भएका कारण पहिलो त्रैमासमा विद्युत विक्रीबाट आम्दानी प्राप्त भएको छैन । सोही कारण कम्पनी नोक्सानीमा गएको हो । कम्पनीले अन्य आम्दानी गत आवमा रू. ५ लाख ३ हजार रहेकोमा चालू आवमा घटेर रू. १ लाख ३ हजारमा झरेको छ ।  त्यस्तै कम्पनीको जम्मा खर्च गत आवमा रू. १६ करोड १७ लाख रहेकोमा चालू आवमा घटेर रू. १५ करोड ५६ लाखमा झरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४ करोड रहेको छ । जगेडा कोष रू. १४ करोड ३३ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ०८ पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९८ पैसा रहेको छ ।

आयोजना निर्माण र ऋण तिर्न हकप्रद रोज्दै जलविद्युत् कम्पनी

काठमाडौं । आयोजना निर्माण र ऋण तिर्न ११ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन  गर्ने योजना बनाएका छन् । जलविद्युत् कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । ११ कम्पनीमध्ये अपि पावर, अपर तामाकोशी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनीले आयोजना निर्माणका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । अरुण भ्याली हाइड्रोपावरले आयोजना निर्माण र ऋण तिर्न हकप्रद विक्री गर्न लागेको जानकारी गराएको छ ।  अरुण काबेली पावर, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र रिडी पावर कम्पनीले ऋण तिर्न हकप्रद विक्री गर्ने निर्णय गरेका हुन् । यी कम्पनीमध्ये कतिपयले विद्युत् नियमन आयोगबाट स्वीकृति पाई नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल भन्छन्, ‘कम्पनीहरूले विवेकपूर्ण निर्णय लिनुपर्छ । हकप्रद शेयर निष्कासन गर्न नपाउने भन्ने हुँदैन तर यो कत्तिको विवेकपूर्ण निर्णय हो ? कम्पनी डुब्ने अवस्थामा यस्तो गर्नुपर्छ तर सामान्य अवस्थामा नाफा कमाएरै ऋण तिर्नुपर्ने हो । ऋण तिर्नकै लागि हकप्रद शेयर जारी गर्नु राम्रो होइन ।’ अधिवक्ता ज्योति दाहालका अनुसार ऋण तिर्नकै लागि हकप्रद शेयर विक्री गर्नु राम्रो होइन । ‘ऋणमुक्त भएपछि आम्दानी बढ्छ भन्ने शेयरधनीहरू नै हुन् । हाइड्रोपावर कम्पनीले स्वपूँजी र ऋण अनुपात सामान्य अवस्थामा हुँदाहुँदै ऋणमोचन गर्न जुन प्रकारले हकप्रदको घोषणा गरिरहेका छन्, यसले कम्पनीको प्रतिशेयर आम्दानीलाई ध्वस्त पारेर कम्पनीलाई नै धराशयी बनाउँछ,’ दाहालले भने । नेपालको शेयरबजारमा अत्यन्तै लोकप्रिय बनाइएको हकप्रदले कम्पनीलाई अपवादबाहेक तत्काल वा दीर्घकालमा कुनै फाइदा नहुने दाहालको तर्क छ । हालसम्ममा सिनर्जी पावर, अपि पावर, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी र अरुण काबेलीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । अपि पावर कम्पनीले हालको चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न गत चैत ६ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो । हाल अपि पावरको चुक्ता पूँजी ४ अर्ब १३ करोड छ । ४० प्रतिशत हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी हुनेछ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर विक्री गर्न लागेको हो । अपर तामाकोशी हाइड्रोपावरले १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन १८ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड हो । हाल तामाकोशीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्कासनपछि पूँजी २१ अर्ब १८ करोड पुग्नेछ । तामाकोशीले हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीका जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला र तामाकोशी–५ आयोजना निर्माणमा लगानी गर्ने जानकारी दिएको छ ।  अरुण काबेली पावर कम्पनीले पनि १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७८ कात्तिक २८ गते सेबोनमा निवेदन दिएको थियो । यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड हो । हाल अरुण काबेलीको चुक्ता पूँजी १ अर्ब ८५ करोड छ । शतप्रतिशत हकप्रद विक्रीपछि चुक्ता पूँजी ३ अर्ब ७१ करोडभन्दा माथि पुग्नेछ ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्दै छ । कम्पनीले हकप्रद निष्कासन गर्न सेबोनमा जेठ २२ गते निवेदन दिएको हो । छ्याङ्दीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड हो । यसले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न चाहेको छ । हाल छ्याङ्दीको चुक्तापूँजी ३८ करोड ६९ लाख रुपैयाँ छ । हकप्रद विक्रीपछि कम्पनीको पूँजी ७७ करोड ३९ लाख पुग्नेछ । त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २:१ अनुपातमा हकप्रद निष्कासनका लागि गत फागुन ५ गते सेबोनमा निवेदन दिएको छ । सिनर्जीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ छ । अरुण भ्यालीले हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, रिडी पावर र शिवश्री हाइड्रोपावरको सञ्चालक समितिले हकप्रद निष्कासन गर्ने निर्णय मात्रै गरेका छन् । उक्त निर्णय साधारणसभाबाट पारित हुन र विद्युत नियमन आयोगबाट स्वीकृत हुन बाँकी छ । साधारणसभाबाट निर्णय पारित भई आयोगले स्वीकृति दिएपछि यी कम्पनीले सेबोनमा निवेदन दिनुपर्छ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पूँजी १ अर्ब ८६ करोडको शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।  हकप्रद विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत् आयोजना (३० मेगावाट) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी त्यत्ति नै रकम कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्न बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने बताइएको छ ।  यसले विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । घलेम्दी हाइड्रोले २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रद निष्कासनको निर्णय साधारणसभाले पारित गरिसकेको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ खोला जलविद्युत् आयोजनामा लगानी गर्न कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो । हाल घलेम्दीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । प्रस्तावित हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।  हिमालयन ऊर्जा विकास कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रदबाट प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकमले बैंकको दीर्घकालीन ऋण भुक्तानी गर्ने निर्णय गरेको छ । आँखुखोला जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत् आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्न लागेको हो ।  रिडी पावर कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।  त्यस्तै शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । शिवश्रीले बैंक ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने निर्णय गरेको बताएको छ ।

अरुण काबेली पावरको विद्युत् विक्री आम्दानी करीब ४ % घट्यो, नाफा कति ?

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४३ करोड ६४ लाखभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो आम्दानी रू. ४५ करोड ४१ लाखभन्दा बढी रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ३ दशमलव ९१ प्रतिशत कम विद्युत् विक्री आम्दानी गरेको हो । यस वर्ष कम्पनीको खुद नाफा २६ प्रतिशत कम भएको छ । गत वर्ष रू. २० करोड ४७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १५ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको हो ।   हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजार छ भने जगेडा कोष रकम रू. ३६ करोड २० लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ३२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ५१ रहेको छ । वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

६ महीनामा अरुण काबेली पावरले कमायो रू. २० करोडभन्दा बढी नाफा

माघ १७, काठमाडौं । अरुण काबेली पावर कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २० करोड ३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ९ दशमलव ६३ प्रतिशत वृद्धि भएको हो ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १८ करोड २६ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । कम्पनीको विद्युत् विक्री आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत वृद्धि भएको छ ।  गत आवमा कम्पनीले विद्युत् विक्री बापत रू. ३८ करोड ८५ लाख आम्दानी गरेकोमा चालू आवमा वृद्धि भएर रू. ४५ करोड ४१ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८५ करोड रहेको छ भने जगेडामा रू. २० करोड ६२ लाख सञ्चित गरेको छ ।  त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ५९, मूल्य आम्दानी अनुपात २६ दशमलव ५८ गुणा, तरलता अनुपात शून्य दशमलव ९२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव १२ रहेको छ ।

अरुण काबेली पावरले कमायो साढे १३ करोड नाफा

कात्तिक २८, काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. १३ करोड ५३ लाख ८० हजार खुद नाफा गरेको छ ।  कम्पनीले आइतवार सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १९ दशमलव २३ प्रतिशत बढी गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ११ करोड ३५ लाख ४४ रहेको थियो । यस वर्ष विद्युत् विक्रीबाट गत वर्षभन्दा १८ दशमलव ४९ प्रतिशत बढी अर्थात् रू. २६ करोड ६९ लाख आम्दानी गरेको छ । विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा पनि गत वर्षभन्दा १८ दशमलव ८५ प्रतिशत बढी रू. २४ करोड ९५ लाख ५४ हजार भएको छ । ५ दशमलव ७१ प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजार पुर्‍याएको छ ।  जगेडा कोष रकम गत वर्षभन्दा १०६ दशमलव ३४ प्रतिशत वृद्धि भई रू. ४२ करोड ५० लाख ८४ हजार कायम भएको छ । कम्पनीको कर्जा रकम गत वर्षभन्दा ९ प्रतिशत बढेर रू. ३ अर्ब ४५ करोड पुगेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव १५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ३५८ दशमलव शून्य ८ रहेको छ । यो पनि हेर्नुस् : साढे ७३% बढी विद्युत् विक्री गरेको अरुण काबेली पावरको नाफा करीब २९ करोड तेस्रो त्रैमाससम्ममा अरुण काबेली पावरको खुद नाफा ४ गुणाले बढ्यो