दोस्रो त्रैमासमा अरुण काबेली पावर घाटामा यस्तो छ कारण

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण  सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा रू. ३१ करोड ५ लाख घाटामा रहेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने रू. १५ करोड १३ लाख नाफामा थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी नभएकाले खर्चमा वृद्धि भएकाले घाटामा देखिएको हो । यो त्रैमासमा काबेली वि १ जलविद्युत परियोजना बन्द भएका कारणले यो त्रैमासमा विद्युत विक्रीबाट आम्दानी प्राप्त भएको छैन ।  त्यस्तै गत आवमा कम्पनीको कुल खर्च रू. २६ करोड २८ लाख रहेकोमा चालू आवमा बढेर रू.२८ करोड १९ लाख पुगेको हो । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको तरलता अनुपात ६ दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३४ पैसा छ ।  कम्पनीको चुक्ता पूँजी रू.३ अर्ब ८९ करोड रहेको छ । दोस्रो त्रैमाससम्ममा जगेडा कोष रू.२८ करोड ४३ लाख ऋणात्मक रहेको छ । सो अवधिमा शेयर प्रिमियममा भने रू.१० करोड २८ लाख धनात्मक रहेको छ ।  रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस   

सम्बन्धित सामग्री

अरुण काबेली पावर पहिलो त्रैमासमा नोक्सानीमा,यस्तो छ कारण

काठमाडौं । अरुण काबेली पावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी पहिलो त्रैमासमा रू. १५ करोड ९४ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ९ करोड ७४ लाख नाफामा थियो । चालू आवमा कम्पनीले सञ्चालनमा गरेको काबेली बि १ जलविद्युत परियोजना बन्द भएका कारण पहिलो त्रैमासमा विद्युत विक्रीबाट आम्दानी प्राप्त भएको छैन । सोही कारण कम्पनी नोक्सानीमा गएको हो । कम्पनीले अन्य आम्दानी गत आवमा रू. ५ लाख ३ हजार रहेकोमा चालू आवमा घटेर रू. १ लाख ३ हजारमा झरेको छ ।  त्यस्तै कम्पनीको जम्मा खर्च गत आवमा रू. १६ करोड १७ लाख रहेकोमा चालू आवमा घटेर रू. १५ करोड ५६ लाखमा झरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४ करोड रहेको छ । जगेडा कोष रू. १४ करोड ३३ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ०८ पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९८ पैसा रहेको छ ।

घट्दो बजारको असर सार्वजनिक निष्कासनमा

काठमाडौं । धितोपत्रको दोस्रो बजार निरन्तर घट्दै जाँदा त्यसको प्रत्यक्ष असर सार्वजनिक निष्कासनका धितोपत्रमा परेको छ । बजार घट्दै जाँदा सूचीकृत धितोपत्रको मूल्यमा कमी आएसँगै सार्वजनिक निष्कासनका धितोपत्रमा लगानीकर्ताको आकर्षण कम देखिएको हो । पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने साधारण शेयरबाहेक अन्य धितोपत्र बिक्न समस्या भएको विक्री प्रबन्धकहरू बताउँछन् । धितोपत्रको दोस्रो बजार घट्दै जाँदा राम्रा कम्पनीको शेयरमूल्य निकै सस्तिएकाले साधारण शेयरबाहेक अन्य धितोपत्रमा लगानीकर्ताको आकर्षण कम भएको बुझाइ विक्री प्रबन्धकहरूको छ । जानकार लगानीकर्ता भने बजारमा धितोपत्रको आपूर्ति बढी भएकाले लगानी कम भएको प्रतिक्रिया दिन्छन् । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल पछिल्लो समय आर्थिक संकटको अवस्थामा सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेकाले लगानी घटेको बताउँछन् । सार्वजनिक निष्कासनले निरन्तरता पाउनु सकारात्मक पाटो रहे पनि अहिलेको अवस्थामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको तीव्रतालाई घटाउनुपर्ने फुल्लेलले सुझाए ।  बजारलाई माग र आपूर्तिले सन्तुलनमा राख्ने हुँदा माग बढ्ने गतिविधि नभइरहेको बेला आपूर्ति कम गरेर भए पनि बजारको विकासमा ध्यान दिनुपर्ने फुल्लेल बताउँछन् । बैंक, वित्तीय संस्थामा पर्याप्त तरलता भई कर्जा लिनका लागि बोलाइरहेको अवस्थामा पनि लगानीकर्ता चर्को ब्याजदरका कारण कर्जा लिन डराइरहेको फुल्लेलले बताए । मार्जिन कर्जामा १२ करोडको सीमाका कारण ठूला लगानीकर्ताले लगानी बढाउन नसकेको गुनासोसमेत फुल्लेलले गरे । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आउने धितोपत्र दोस्रो बजारसँग जोडिने हुँदा दोस्रो बजारले गति लिन आफूले सुझाएका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा फुल्लेलले जोड दिए ।  अपि पावर, अरुण काबेली पावर, मल्टिपर्पस फाइनान्स र सिनर्जी पावरको हकप्रद शेयर, स्थानीयमा सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडको साधारण शेयर र हिमालयन ८०–२० को एकाइ हाल सार्वजनिक निष्कासन तथा विक्रीमा छन् । भदौ १० गतेदेखि सर्वसाधारणलाई शेयर विक्री गरिरहेको मान्डु हाइड्रोपावरको आईपीओमा भने मागभन्दा बढी आवेदन परेपछि छिटो अवधि भदौ १३ गते नै निष्कासन तथा विक्री बन्द भइसकेको छ । मान्डुको आईपीओमो छिटो अवधिभित्र मागभन्दा झन्डै नौ गुणा बढी आवेदन परेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आए पनि सोही आईपीओ स्थानीयमा भने कतिपय कम्पनीको विकेको छैन । सर्वसाधारणमा विकेको मान्डु हाइड्रोपावरको आईपीओ पनि स्थानीयमा ७९ हजार ३० कित्ता विक्री हुन सकेको थिएन । कम्पनीले स्थानीयमा २ लाख ७२ हजार ७३० कित्ता आईपीओ छुट्ट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको उक्त आईपीओ समेत सर्वसाधारणमा विक्री भएको छ । अहिले आयोजना प्रभावित स्थानीयमा सोनापुर मिनरल्स् एन्ड आयलको आईपीओ विक्रीमा छ । साउन २९ गतेदेखि विक्रीमा आएको कम्पनीको आईपीओ छिटो अवधि भदौ ११ गतेसम्म स्थानीयमा नबिकेपछि अवधि थप गरी भदौ २६ गतेसम्मको मिति तय गरिएको छ । यो कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रूपैयाँ थप गरी प्रतिशेयर २२५ रुपैयाँमा आईपीओ विक्रीमा ल्याएको हो । त्यस्तै प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यमा साउन ३२ गतेदेखि विक्रीमा आएको हिमालयन ८०–२० योजनाको एकाइ पनि छिटो अवधि भदौ ४ गतेसम्म नबिकेपछि भदौ १५ गतेसम्मको विक्री मिति तय गरिएको छ । चार कम्पनीको हकप्रद शेयर खरीदका लागि परेको आवेदनको तथ्यांक हेर्दा पनि तोकिएको अवधिभित्र सम्पूर्ण कित्ता बिक्ने सम्भावना कम देखिन्छ । यसअघि हकप्रद जारी गरेको नेशनल हाइड्रोपावरको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता हकप्रद शेयर नबिकेपछि भदौ १३ गतेदेखि लिलामीमा ल्याएको छ । कम्पनीले ५० प्रतिशत दरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा ६८ लाख ८४ हजार ७१७ कित्ता मात्र वितरण भएको हो । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म जेठ ३२ गतेसम्म कायम शेयरधनीका लागि हकप्रद शेयर जारी गरेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सर्वसाधारणतर्फ वितरण हुन नसकेको १३ लाखभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्न लागिएको हो ।

वाणिज्य बैंकहरूको लाभांश : यस वर्ष शेयरधनीले पाएनन् दशैं खर्च

पूँजीबजारका लगानीकर्ताले चालू आर्थिक वर्षको लागेसँगै आफ्नो लगानीको प्रतिफल गणना शुरू गर्छन् । सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष अन्त्यसम्मको मुनाफाका आधारमा लाभांश वितरण गर्ने हुँदा लगानीकर्ताले कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरणलाई नै आधार मानेर आफ्नो लगानीको प्रतिफल गणना गर्छन् । वर्षभरिको लगानी प्रतिफल भिœयाउने समय भएकाले पनि अन्य बेलाभन्दा यो बेला लगानीकर्ता अझ बढी संयमित भएर कारोबारमा सहभागी भएको पाइन्छ । यतिबेला कतिपय सूचीकृत कम्पनीहरूले गत वर्षको मुनाफाबाट धमाधन लाभांश प्रस्ताव गरिरहेका छन् भने कतिपयले प्रस्तावित लाभांश पारित गरिसकेको अवस्था छ । गत वर्षको मुनाफाबाट हालसम्म सिनर्जी पावर, अरुण काबेली पावर, रुरु जलविद्युत् परियोजना, अपि पावर, ङादी ग्रुप र नेपाल ल्युब आयल लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश प्रस्ताव पारित गरिसकेका छन् । यी कम्पनीसँगै धेरैजसो म्युचुअल फण्डहरूले लाभांश प्रस्ताव गरी बाँडफाँटसमेत गरिसकेका छन् । प्रविधिको विकाससँगै पछिल्ला केही वर्षदेखि वार्षिक साधारणसभा सम्पन्न भएको दिनदेखि नै कतिपय कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने गरेका छन् । शेयर बजारमै लगानी गरी यसैबाट प्राप्त हुने प्रतिफललाई आम्दानीको स्रोत बनाएका लगानीकर्ताले भने दशैंअघि नै साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरे आफूहरूलाई चाडपर्वमा सहज हुने जानकारी दिएका छन् । ३ दशकभन्दा बढी समय पूँजीबजारमै सक्रिय लगानीकर्ता डम्बरुबल्लब घिमिरेले यो वर्ष कुनै पनि वाणिज्य बैंकहरूले दशैंअघि वार्षिक साधारणसभा सम्पन्न नगर्दा खर्च जोहो हुन नसकेको गुनासो गरे । केही वर्षअघि कतिपय वाणिज्य बैंकहरूले दशैं, तिहारलाई लक्षित गरी लाभांश वितरण गरेको स्मरण गर्दै उनले यस वर्ष यो सम्भावना टरेको बताए । अर्का लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठ पनि दशैंअघि केही वाणिज्य बैंकहरूले लाभांश दिने आस रहे पनि त्यो निराशामा बदलिएको बताउँछन् । सूचीकृत कम्पनीहरूले चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था भएपछि कतिपय बैंकहरूले शेयरधनीलाई चाडपर्व लक्षित गरी समयमै लाभांश दिने गरेको उनी सुनाउँछन् । सूचीकृत सबै कम्पनीमा लगानी रहेकाले कुनै न कुनैबाट दशैंअघि लाभांश पाए खर्च टर्ने उनले बताए । यो समाचार तयार गर्दासम्म सूचीकृत २६ मध्ये ७ वाणिज्य बैंहरूले लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल, माछापुच्छ«े बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले यस वर्ष दशैंअघि नै लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् । यीमध्ये माछापुच्छे« बैंकले कात्तिक २६ गते वार्षिक साधारणसभाको मिति तय गरेको छ । माछापुच्छ्रे बैंकले उक्त सभा प्रयोजनका लागि कात्तिक ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक कलोजको आधारमा कात्तिक ४ गते बिहीवारसम्म कायम शेयरधनी मात्र बैंकको लाभांश प्राप्त गर्न योग्य हुनेछन् । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले साधारणसभाको मिति हालसम्म तय नगरे पनि असोज २२ गते आगामी वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । बुक क्लोजको आधामा असोज २० गतेसम्म कायम शेयरधनीले सिटिजन्स बैंकको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । हालसम्म लाभांश सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये हिमालयन बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । हिमालयन बैंकसँगै मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि यो वर्ष कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांशसहित कुल १७ दशमलव ८९ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांशसहित कुल १६ प्रतिशत, माछापुच्छ«े बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशसहित कुल १४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांशसहित कुल १३ दशमलव शून्य ६ प्रतिशत र कुमारी बैंकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हालसम्म सार्वजनिक वाणिज्य बैंकहरूको लाभांशमध्ये कुमारी बैंकको लाभांश सबैभन्दा कम रहेको छ । यस वर्ष वाणिज्य बैंकहरूको लाभांश प्रस्ताव र साधारणसभाको मिति तयमा ढिलाइ हुनुको मुख्य कारण भदौ १५ गतेसम्मको नाफा गणना रहेको छ । यसअघि आर्थिक वर्ष सम्पन्न भएको मितिसम्म कायम मुनाफाबाट लाभांश वितरण गर्न सक्ने व्यवस्था रहेकामा यस वर्षदेखि भदौ १५ गतेसम्मको मुनाफालाई गणना गरेर लाभांश वितरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

अरुण काबेलीको सर्वाधिक ४८ करोड ७१ लाख बराबरको शेयर खरीदविक्री

भदौ ९, काठमाडौं ।  साताको दोस्रो कारोबार दिन बुधवार अरुण काबेली पावर लिमिटेडको सर्वाधिक शेयर खरीदविक्री भएको छ । यो दिन कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. ४८ करोड ७१ लाख ५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७८८ दशमलव ९० कायम भएको छ ।  अघिल्लो कारोबार दिनको तुलनामा ११ रुपैयाँले वृद्धि भएको हो । कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २६ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर, थापाथलीमा हुने छ । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ ।  साथै सभाले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ १५ गतेदेखि २५ गतेसम्म बन्द हुनेछ । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।