एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः २५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४ः २२ बजे साथीलाई सन्देश पठाएको र ४ः २५ बजेदेखि मोबाइल अफ भएको छ । मासिक बैठक सञ्चालनका लागि माप्य दूधकोशी–६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्नेक्रममा छुट्टिएपछिको अव