सहकारीको करोडौँ रकम हिनामिना गरेर फरार नगरप्रमुख अझै सम्पर्कविहीन

बागलुङ : पाँच दिनदेखि बेपत्ता रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली अझै सम्पर्कमा आएका छैनन्। इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेका उनीमाथि बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोप छ।नगरप्रमुख नेपाली नगर उपप्रमुख धनबहादुर कायत (कल्याण) लाई कार्यवाहक दिएर पाँच दिनअघि सम्पर्कविहीन भएका थिए। उनी परिवारसहित बेपत्ता भएको बताइएको छ।वैशाख ५ गते लेखेको कार्यवाहकको पत्र आफ्नो टेबलमा फेला परेको उपप्रमुख कायतले बताए। उनले एक सातादेखि नेपालीसँग आफ्नो सम्पर्क नभएको बताए

सम्बन्धित सामग्री

जीवी राईको राहदानी रद्द गर्न जिप्रका कास्कीले राहदानी विभागलाई लेख्यो पत्र

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्र लेखेको छ । विदेशमा लुकेर बसेको आशंका गरिएका राईलाई पक्राउ गर्न सफल नभएपछि प्रहरीले सो कदम चालेको हो । कास्कीको सुदर्शन सहकारीको ठूलो रकम हिनामिना गरेको आरोप राईमाथि लागेको छ । राई भने लामो समयदेखि सम्पर्कविहीन […]

स्थानीयको २७ करोड बढी खाएर सुनचाँदी व्यवसायी बेपत्ता भएपछि पीडितले दिए धर्ना

विश्वकर्माले स्थानीयको २७ करोड भन्दा बढी रकम हिनामिना गरेर असार १५ गतेदेखि सम्पर्कविहीन भएपछि स्थानीयहरु आक्रोशित भएका छ्न् ।

रकम हिनामिना आरोपमा शिवशिखर सहकारीमा अनुसन्धान सुरु

बेनी : म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको बचत रकम हिनामिना गरेको मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।बेनीस्थित न्यूरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरी बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ।बेनीको न्यूरोडस्थित सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ। सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले बचत गरेको रकम डुब्ने जोखिम बढेपछि प्रहरीमा उजुरी दिएका थिए।बचतकर्ता

सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर सम्पर्कविहीन

काठमाडौं, जेठ ८। बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि सम्पर्कविहीन भएका हुन् । कुनै बेला घरको छतमा हेलिकोप्टर रोक्ने, निकै तामझामका नेताहरूलाई आफ्नो प्रभावमा पारेका नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोप […]

२७ करोडको हिसाब छैन, नमस्ते सहकारी कारबाहीको दायरामा

गुलरिया नगरपालिका—६ नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडबाट सेवाग्राहीको रकम हिनामिना भएको भन्दै लुम्बिनी सहकारी बोर्डले कारबाही प्रक्रिया अघि बढाएको छ । उक्त संस्थाका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक संजिव कुमार महतो करिब दूई सातादेखि सम्पर्कविहीन छन् ।

नेपाल बैंकका म्यानेजर ५० लाख लिएर बेपत्ता, परिवार र बैंक दुवै प्रहरीमा

नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपानेले रकम हिनामिना गरी सम्पर्कविहीन भएपछि केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरी छानबिन प्रक्रियालाई अगाडि बढाएको छ ।

​२ करोड रुपैयाँ हिनामिना गरेर वडा सचिव भागे

किरण लोहनी/उज्यालो ।  गोरखा, पुस १८ –गोरखाको अजिरकोट गाउँपालिकाका वडा सचिव २ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन्...