अमेरिकाले एन्टी रेडिएसन मिसाइल एजीएम–८८ हार्मको अत्याधुनिक संस्करणको सफल परीक्षण गरेको छ ।
यस नयाँ क्षेप्यास्त्रले शत्रुको राडार सिस्टम तथा एयर डिफेन्स सिस्टमलाई ध्वस्त बनाउन सक्छ । कतिपय विशेषज्ञहरू यो रुसको ब्रह्मास्त्र मानिने एस–४०० क्षेप्यास्त्रप्रतिरोधलाई ध्वस्त पार्ने क्षेप्यास्त्र हो भन्छन् ।
अमेरिकाको जलसेनाले बयान जारी गरेर एफ/ए–१८ई/एफ सुपर हार्नेट लडाकू विमानमार्फत अत्याधुनिक क्षेप्यास्त्र पहिलोपटक प्रहार गरेको जानकारी दियो । यस क्षेप्यास्त्रले आफ्ना सबै लक्ष्य पूरा गरेको पनि अमेरिकी जलसेनाल...