क्राइमिया-रुस जोड्ने पुल ध्वस्त

२२ असोज, काठमाडौं । क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुल ध्वस्त भएको छ । कार बम विस्फोटबाट पुल ध्वस्त भएको मस्कोका अधिकारीले जानकारी दिएका छन् । क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र तेल भरिएका ट्याङ्कर रहेको रेलमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको […]

सम्बन्धित सामग्री

युक्रेनमा रुसको प्रभाव

रुस र युक्रेनबीचको युद्ध लम्बिँदै जाँदा त्यसको प्रभाव विश्वव्यापी रूपमा परेको छ। युद्ध लम्बिनु राम्रो होइन तर युद्ध रोकिने सङ्केत देखिएन । युक्रेनले रुस र क्रिमिया जोड्ने पुल ध्वस्त पारिदिएपछि रुसले थप प्रतिशोधपूर्ण कारबाही गर्दा युक्रेनमा थप मानवीय र भौतिक क्षति भएको छ। अन्तर्राष्ट्रिय दबाब र आग्रहलाई बेवास्ता गर्दै रुसले युक्रेनको १५ प्रतिशत भू–भाग आफूमा विलय गराएको छ। युद्धका क्रममा रुसले कब्जा गरेका युक्रेनका चार प्रान्त लुहान्स्क, डोनेट्स्क, जापोरिजा र खेअर्सनमा कथित जनमत सङ्ग्रह गराई रुसले एकलौटी रूपमा ती प्रान्तलाई आफूमा विलय गराएको हो। विलय गराएका यी चार प्रान्तको क्षेत्रफल हङ्गेरी जत्रो छ। यो दोस्रो विश्वयुद्धपछिको ठूलो विलय हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चार प्रान्तका जनताको अभिमत र चाहनाअनुसार नै रुसमा गाभिएको दाबी गर्नुभएको छ।

क्रिमिया पुल मर्मत जुलाई २०२३ सम्म गरिसक्न आदेश

रुसी सरकारले रुसको मुख्य भूमिलाई संलग्न प्रायद्वीपसँग जोड्ने एक मात्र क्रिमिया पुल विस्फोटबाट क्षतिग्रस्त भएपछि पुलको मर्मत जुलाई २०२३ सम्ममा सम्पन्न गर्न आदेश दिएको छ।मन्त्रिपरिषद्ले प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हस्ताक्षर गरेको आदेशमा 'क्राइमियन पुलको यातायात र इन्जिनियरिङ पूर्वाधारको ध्वस्त तत्वहरूको डिजाइन र पुनर्स्थापना’ को जिम्मेवारी दिइएको कम्पनीलाई जुलाई १, २०२३ सम्ममा काम सम्पन्न गर्न आदेश दिएको छ।

युद्ध सुरु भएको २२९औँ दिनमा किभमा बर्सियो मिसाइल, के यो पुटिनको ‘रिभेन्ज’ हो?

रसिया र युक्रनेबिच युद्ध सुरु भएको आज २२९औँ दिन भएको छ। यसबिच रसियाले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको छ। जनमत संग्रहबाट गरिएको सो निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता भने दिएको छैन। केहीदिन अघि रसिया र क्रिमिया जोड्ने पुल ध्वस्त हुने गरी आक्रमण गरिएपछि रसिया आक्रमक हुने अनुमान गरिएको थियो। सो आक्रमण…

क्राइमियालाई रुससँग जोड्ने एकमात्र रणनीतिक महत्वको पुल ध्वस्त

रुसले सन् २०१४ मा युक्रेनबाट टुक्र्याएको क्राइमिया क्षेत्रलाई रुससँग जोड्ने एक मात्र पुल भत्किएको छ । बिस्फोटपछि रुसका लागि रणनीतिक रुपमा महत्वपूर्ण पूल भत्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिस्फोटपछि पुलमा रहेका तेलका ट्यांकरमा आगलागी भएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा पुल निर्माण भएको थियो । सो पुल युक्रेनमा रुसी सैन्य सामग्री आपूर्ति […]

युक्रेनको सेभेरोदोनेत्स्क सहरमा फसेका नागरिकको उद्धारमा कठिनाइ

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क सहरमा हजारौँ नागरिक फसेका र उनीहरूको उद्धारमा कठिनाइ देखिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । युद्धका क्रममा सहरलाई जोड्ने सबै पुल ध्वस्त पारिएकाले झन्डै १२ हजारलाई बाहिर निकाल्न मुस्किल भएको राष्ट्र सङ्घको भनाइ छ । युद्धग्रस्त क्षेत्रमा फसेकामध्ये धेरैजसो  अजोत केमिकल कारखानाभित्र रहेका छन्।   धेरैजसो क्षेत्र रुसी सेनाको कब्जामा रहेको सेभेरोदोनेत्स्कमा खानेपानी र सरसफाइ ठूलो चुनौती देखिएकाले त्यहाँका मानिस कतिसम्म पानी विना बाँच्न सक्छन भन्ने चिन्ता बढेको राष्ट्र सङ्घको मानवीय स...

झोलुंगे पुल नबन्दा फड्के र तुइनको भर

गत असार १ मा ब्रम्हायाणी र नेशमखोलामा आएको बाढीले यसको तट क्षेत्र पूरै ध्वस्त बनायो । यी दुई खोला तर्ने दुई वटा झोलुंगे पुल चुडिँएपछि स्थानीय बर्खाभर गाउँमै थुनिए, ब्रम्हायाणीतिरका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भए । झोलुंगे पुल चुँडिएपछि जिल्लाको सदरमुकाम चौताराबाट करिब ६५ किलोमिटरको दूरीमा रहेको जुगल गापाको पुछारका गाउँ दिपु ,तेगा र तेम्बाथानबीच आपसी सम्पर्क पूरै टुट्यो, सडक, बिजुलीदेखि उच्च शिक्षाजस्ता विकासको पर्खाइमा वर्षौंदेखि कुरेर बसेका तीन गाउँभरका दुई सय २० परिवार बजारक्षेत्रसँग जोड्ने पुल बगाएपछि थप समस्यामा परे ।