रुस डोनबास क्षेत्रलाई ध्वस्त पार्न उद्दत रहेको जेलेन्स्कीको टिप्पणी

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आफ्नो मुलुकको पूर्वी डोनबास क्षेत्र ध्वस्त पार्न उद्दत रहेको टिप्पणी गरेका छन् । नियमित भिडियो सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुस युक्रेनको डोनबासलाई ध्वस्त पार्न उद्दत रहेको टिप्पणी गरेका हुन् । ‘डोनबासमा हवाई एवम् तोपखानाबाट विशाल हमलाहरु भइरहेका छन् । आक्रमणकारीको उद्देश्य फेरिएको छैन, उनीहरु डोनबासलाई विस्तारै ध्वस्त पार्न चाहन्छन् […]