विद्युत नियमन आयोगमा पार्टीका कार्यकर्तालाई नियुक्त गर्ने तयारी, प्रक्रिया रोक्न पर्यो उजुरी

नेपाल सरकारको विद्युत क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको विद्युत नियमन आयोगमा विज्ञ भन्दा पनि राजनीतिक व्यक्तिलाई ल्याउने तयारी भएको पाईएको छ। आयोगमा रिक्त रहेको एक सदस्य पदमा नेकपा माओवादी केन्द्रका सदस्यलाई नै नियुक्त गर्ने तयारी भईरहेको स्रोतको दाबी छ ।हाल आयोगमा आर्थिक तथा वित्त मामिला हेर्ने एक सदस्य पद रिक्त छ । रामकृष्ण खतिवडाले राजिनामा दिएपछि उक्त पद रिक्त रहेको हो । खतिवडाले दिएको राजिनामा सरकारले २०७७ असार मै स्वीकृति गरिसकेको छ । खतिवडा हाल नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको प्रमुख कार्यकारी अधिकृत छन् । २०७७ असारदेखि रिक्त रहेको सदस्य पदमा बल्ल पदपूर्ति हुन लागेको हो । उर्जा मन्त्रालय अन्तर्गतको 'विद्युत नियमन आयोगको सदस्य नियुक्ति सिफारिस समितिले गत असोज २१ गते सदस्य पदको लागि दरखास्त आह्वान गरेको थियो । समितिले सदस्य सिफारिस गर्नको लागि ४ जनाको नाम सर्ट लिस्ट गरेको छ । समितिले शिवराम यादव, राम प्रसाद गौतम, डा. झमक प्रसाद शर्मा र नविन खनालको नाम सर्ट लिस्ट गरेर कार्ययोजना प्रस्तुतिको लागि पठाएको छ । यी ४ जना मध्ये डा. झमक प्रसाद शर्माले कानुन विषय मै पीएचडि गरेका छन् भने अन्य स्नातकोतरसम्मको अध्ययन गरेका छन् । यी ४ मध्ये यादवलाई आयोगको सदस्य बनाउने गरि मन्त्रालयमा तयारी भएको स्रोतको दाबि छ । यादव माओवादी केन्द्र कै सदस्य हुन् । संविधान सभाका पूर्व सदस्य समेत रहेका उनी नेकपा क्रान्तिकारी माओवादी अर्थात् मोहन वैधको पार्टी परित्याग गरि माओवादी प्रवेश गरेका थिए । शिवराम यादव र भक्तराज थापाको नेतृत्वमा ५७ जना माओवादी केन्द्र प्रवेश गरेका थिए । यादव उर्जा मन्त्री पम्फा भुषाल निकटमा व्यक्ति हुन् । उनले आफ्नो फेसबुक प्रोफाइलमा मन्त्री भुषालका समाचारहरु शेयर गरेको देख्न सकिन्छ । पार्टीमा प्रवेश गरेपछि ठूलो जिम्मेवारी नदिएको र हाल मन्त्री भुषालको निकटको व्यक्ति रहेकोले उनलाई नै सदस्य बनाउने गरि काम भईरहेको स्रोतको भनाई छ । विभिन्न पार्टीबाट आएकाहरुको व्यवस्थापन गर्न माओवादी केन्द्रले २०७८ भदौ ६ गते तीन सदस्यीय कार्यदल बनाएर अध्ययन गरेको थियो। सोहि कार्यदलको प्रतिवेदनले पनि यादव माओवादी केन्द्रको सदस्य भएको पुष्टि गर्छ । कार्यदलले विभिन्न पार्टी र समूहबाट माओवादी केन्द्रमा समाहित भएका नेता–कार्यकर्तालाई व्यवस्थापन गर्दै जिम्मेवारी दिन सिफारिस गरेको थियो । सोहि अनुसार यादवलाई आयोगमा पठाएर ब्यबस्थापन गर्न लागिएको स्रोत बताउछ ।त्यसो त विद्युत नियमन आयोगको सदस्य हुन कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनु पर्ने उल्लेख छ । तर पार्टी परित्यागको सूचना निकालेपछि हुने भएकोले मन्त्रालयले यसलाई सहजै लिएको बताईन्छ । उनी पार्टी कै सदस्य भएकोले उनी विरुद्द समितिमा उजुरी समेत परेको छ । स्रोतका अनुसार आयोगमा उनलाई सदस्य मध्येको पहिलो बरियता तोकेर पठाउने चाहना मन्त्रालयको छ । तर त्यसमा भने ऐन बाधक हुने देखिन्छ । ऐनको दफा ११ मा आयोगको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपस्थितमध्ये वरिष्ठ सदस्यले गर्ने उल्लेख छ । “वरिष्ठ सदस्य” भन्नाले नियुक्तिको क्रममा अगाडि रहेको सदस्य सम्झनु पर्ने स्पष्टिकरण ऐन मु उल्लेख गरिएकोले यो सम्भव नहुने देखिएको हो। उर्जा क्षेत्रका जानकारहरु भने आयोग जस्तो निकायमा पार्टीका सदस्यलाई भर्ति गरे त्यसले सिंगो क्षेत्र मै बेथिति ल्याउने बताउछन् ।

सम्बन्धित सामग्री

विद्युत नियमन आयोगमा अध्यक्ष र ३ सदस्य नियुक्तिको लागि दरखास्त आह्वान

सरकारले रिक्त रहेको विद्युत नियमन आयोगका अध्यक्ष र एक महिला सहित ३ सदस्य नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । सिफारिस समितिले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम विद्युत नियमन आयोगको रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिका लागि सोही दफामा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूलाई १५ दिनभित्र उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम गठित सिफारिस समिति समक्ष मन्त्रालयमा आवेदन पेश गर्न आग्रह गरेको छ। आवेदन दिँदा विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-१ बमोजिमको आवेदन (आवेदन साथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताका प्रति र कार्य अनुभवसम्बन्धी कागजात) पेश गर्नु पर्ने छ। त्यस्तै विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-२ बमोजिमको स्वघोषणा पेश गर्नु पर्ने छ। कार्ययोजनाको ढाँचा र यससम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने र आवेदन पेश गरेका उम्मेदवारहरूमध्ये कार्ययोजनाको मुल्यांकनबाट छनौट भई संक्षिप्त सूचीमा परेका बढीमा ५ जना उम्मेदवारहरूलाई कार्ययोजना प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने समितिले जनाएको छ।सरकारले आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेपछि नयाँ नियुक्त प्रक्रिया सुरु गरेको हो  । फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई बर्खास्त गरेको थियो  । आयोगका अर्का सदस्य डा. राम प्रसाद धितालले भने राजिनामा दिएका थिए  । छानविन समितिको सिफारिसमा सरकारले अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेको थियो  ।  उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोगका अध्यक्ष र सदस्यहरुमाथि छानविन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेकाे थियो । समितिका सदस्यहरुमा  पूर्वसहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे थिए ।  आयोगका अध्यक्ष सिंह र अन्य सदस्यहरुलाई केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

बरुण हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

पुस ८, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले पुस २९ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।   कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा आरबिबि मर्चेण्टलाई नियुक्त गरिसकेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएर आवश्यक प्रक्रिया पूरा गरेर विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछ ।

हकप्रद निष्काशनको लागि ङादी ग्रुप पावरले चयन गर्यो बिक्रि प्रबन्धक

हकप्रद निष्काशनको लागि ङादी ग्रुप पावर Ngadi Group Power  ले बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले १:२ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेको हो । कम्पनीको संचालक समितिले प्रश्ताव गरे बमोजिम आ.व. २०७७/७८ मा २० प्रतिशत बोनश तथा १.५ प्रतिशत कर सहित जम्मा २१.५ प्रतिशत वोशस शेयर जारी गर्ने र बोनश शेयर वितरण गरे पश्चात् कायम हुन आउने चुक्ता पुँजीको १:२ (१ बराबर २) को अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव कम्पनीको २०७८/०६/०३ मा बसेको आठौं बार्षिक साधारण सभाले स्विकृत गरिसकेको छ ।  विद्युत नियमन आयोग र नेपाल धितोपत्र  बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले  लमजुङ्ग जिल्ला स्थित सिउरी खोलामा ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत आयोजनाको निर्माण पुरा गरी व्यावसायीक उत्पादन गरी रहेको छ।

हकप्रद निष्काशनको लागि अरुण काबेलीले चयन गर्यो बिक्रि प्रबन्धक

अरुण काबेली पावर Arun Kabeli Power ले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको हो । कम्पनीको भाद्र २६ मा सम्पन्न साधारण सभाले १७ प्रतिशत बोनस वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।अरुण काबेली पावरले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ साल कार्तिक २३ गते देखि व्यवसायिक उत्पादन गरिरहेको छ।