काठमाण्डाै – फ्रान्सकाे राष्ट्रिय फुटबल टाेलीकाे कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । पूर्वकप्तान ह्युगाे लाेरिसले सन्न्यास लिएपछि एम्बाप्पेले टाेलीकाे नयाँ कप्तान नियुक्त भएका हुन् । ३६ वर्षीय ह्युगाेले गएकाे वर्षकाे फिफा विश्व कप फाइनलमा टाेलीकाे हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । एम्बाप्पेले २४ वर्षकाे उमेरमा टाेलीकाे कप्तानी सम्हाल्ने भएका हुन् । उनकाे ध्यान अब आउँदाे वर्ष हुने युराे कपमा हुनेछ । पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले सन् २०...