इंग्ल्याण्डमा कोरोना संक्रमण पोजिटिभ भएकाहरुकाहरुका लागि आइसोलेशन अवधि घटाइएको छ । यसअघि १४ दिनबाट १० दिन हुँदै आइसोलेशन अवधिलाई घटाएर सात दिनमा झारिएको थियो । बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले आउँदो सोमबारबाट लागू हुनेगरी नयाँ नियमको घोषणा गरेका हुन् । सोमबारबाट कोरोना संक्रमण पोजिटिभ भएका मानिसहरुले पाँच दिन आइसोलेशन बसेर पाँचौ र छैटौं दिनको नेगेटिभ ‘ल्याटेरल […]