चितवनमा खाली हुँदै आइसोलेशन

जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा स्थानीय तहहरूले स्थापना गरेका आइसोलेशन खाली हुँदै गएका छन् । यहाँका आइसोलेशन र अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । जिल्लामा सात स्थानीय तहहरूले कोरोना कहरको समयमा स्थानीयको उपचारका लागि भन्दै स्थानीय तहमै आइसोलेशन सञ्चालनमा ल्याएका थिए ।सात स्थानीय तहमध्ये अहिले पाँच स्थानीय तहका आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य छ । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती