काठमाडौँ– तिब्बती धर्मगुरु दलाई लामा भारतमा आयोजित विश्व बौद्ध शिखर सम्मेलनमा सहभागी भएका छन् । विश्व बौद्ध सम्मेलनमा धर्मगुरु लामाले करिब आधा घण्टा सम्बोधन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्बोधनका क्रममा दलाई लामाले बौद्ध दर्शन र बौद्ध धर्मको मूल्य मान्यताबारे प्रकाश पारेका थिए । दिल्लीमा आयोजित सम्मेलनमा भाग लिएर उनी आफ्नो निवास फर्केको […]
शुक्रवार लद्दाख आइपुगेका १४ औँ दलाई लामा लेहमा पुगेर स्थानीयसँग अन्तर्क्रिया गरेका छन्। उनलाई लद्दाखका जनताले स्वागत पनि गरेका थिए। तिब्बती आध्यात्मिक नेतालाई न्यानो स्वागत गर्न ठूलो सङ्ख्यामा नागरिक र भिक्षुहरू भेला भएका थिए। दलाई लामा लद्दाख यात्रा सुरु गरेपछि दिउँसो लेह एयरपोर्ट पुगेका हुन्।

एजेन्सी, १६ कात्तिक। आध्यात्मिक नेता दलाई लामाले तीब्बतको पारिस्थितिक प्रणालीबारे चिन्ता व्यक्त गरेका छन्। बढ्दो जलवायु संकटले एसियाको पानीको मुख्य स्रोतको रुपमा रहेको तीब्बतको पारिस्थितिक प्रणाली बिगारेको भन्दै लामाले चिन्ता व्यक्त गरेका हुन्। ‘पानीको लागि तीब्बत एसियाकै मुख्य स्रोत हो। पाकिस्तानको सिन्धु, भारतको गंगा र ब्रह्मपुत्र, चीनको येल्लो नदी, भियतनामको मेकाङ नदी आदिको स्रोत तीब्बत […]
एजेन्सी। हंगेरीमा चिनियाँ विश्वविद्यालय स्थापनाको विरोध गरिरहेका विद्यार्थीको समर्थन गर्दै राजधानी बुडापेस्टका मेयरले प्रस्तावित फुडान युनिभर्सिटी नजिकका सडकहरुको नाम परिवर्तन गरिदिएका छन्। नाम फेरिएर त्यहाँका सडकलाई ‘दलाई लामा रोड, फ्रि हङकङ रोड, उइगर सहिद रोड’लगायत नयाँ नाम दिइएको हो। सडकहरुको नाम लेखेर बोर्ड नै राखिसकिएको छ। शनिबार बुडापेस्टमा हजारौं व्यक्तिले चिनियाँ फुडान युनिभर्सिटी क्याम्पस स्थापनाको विरोधमा संसद्सम्म मार्चपास गरेका छन्।